टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानअन्तर्गत क्षेत्रीय समन्वय परिषद् चिबाले मानसिक स्वास्थ्य, तनाव तथा चिन्ता व्यवस्थापनसम्बन्धी विशेष वेबिनार आयोजना गर्ने भएको छ।
‘एनआरएनए चिबा वेबिनार कार्यक्रम २०२५–२०२७’ अन्तर्गत चौथो शृङ्खलाका रूपमा आयोजना हुने कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी जान्नैपर्ने आधारभूत विषय, तनाव तथा चिन्ता व्यवस्थापन र अपनाउनुपर्ने आवश्यक तयारीबारे विशेषज्ञसँग प्रत्यक्ष जानकारी लिन सकिने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल मेडिसिटी अस्पताल, ललितपुरकी क्लिनिकल साइकोलोजिस्ट (क्लिनिकल साइकोलोजीमा एमफिल गर्नुभएकी)गीता लिम्बूले प्रमुख वक्ताका रूपमा मानसिक स्वास्थ्यका विभिन्न पक्षबारे जानकारी दिनुहुनेछ। सहभागीहरूले आफ्ना जिज्ञासा राख्दै विशेषज्ञबाट प्रत्यक्ष परामर्शमूलक जानकारीसमेत प्राप्त गर्न सक्नेछन्।
एनआरएनए जापान चिबा क्षेत्रीय समितिका सचिव सरोज गिरीका अनुसार, वेबिनार आगामी अगस्ट २२ तारिख शनिबार जापानी समयअनुसार साँझ ७ बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रम फेसबुक र टिकटकमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।
एनआरएनए चिबाले जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै उपयोगी तथा चेतनामूलक विषयमा नियमित वेबिनार सञ्चालन गर्दै आएको छ। व्यस्त जीवनशैली, कार्यस्थलको दबाब, पारिवारिक चिन्ता तथा विदेश बसाइका कारण उत्पन्न हुन सक्ने मानसिक समस्यालाई समयमै बुझ्न र व्यवस्थापन गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
आयोजकले जापानवासी नेपालीसहित मानसिक स्वास्थ्यसम्बन्धी जानकारी लिन चाहने सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




