टोकियो/जापान। अनेसास जापानले टोकियोमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ८४औँ नियमित साहित्य शृङ्खला सम्पन्न गरेको छ। अनेसासकी बोर्ड अफ ट्रस्टी सदस्य तथा अग्रज साहित्यकार एवं सितार वादक सुष्मा शाह ओमाताको ८४औँ वर्ष प्रवेश र संस्थाको ८४औँ शृङ्खलाको दुर्लभ संयोगको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सुष्मा ओमातालाई वहाँले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा पुर्याउनुभएको अनवरत योगदानको कदर गर्दै ‘अनेसास जापान दीर्घ साहित्य साधना सम्मान २०८३’ प्रदान गरी सम्मान गरियो।
संस्थाका सदस्य विश्वबन्धु भण्डारीको स्वागत मन्तव्यबाट आरम्भ गरिएको कार्यक्रममा पानसमा बत्ती बाली नेपाली राष्ट्रिय गान बजाएर उद्घाटन गरिएको थियो भने सुष्मा शाह ओमाताको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै माधव पौडेलद्वारा स्वस्तिवाचनसमेत गरिएको थियो। संस्थाका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास टोकियोका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य राख्दै सुष्मा ओमातालाई जिउँदो इतिहासका रूपमा चर्चा गर्दै वहाँको सम्मानमा समर्पित गरिएको उक्त कार्यक्रमको प्रशंसा गर्नुभएको थियो।
त्यस्तै, विशिष्ट अतिथिकै रूपमा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले सुष्मा ओमातालाई गरिएको यो सम्मान सम्पूर्ण जापानवासी नेपालीको तर्फबाट रहेको भन्दै अनेसासलाई धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख वक्ताको रुपमा यशोदा बस्नेतले विविध आयामहरुमाथी विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अग्रज साहित्यकार सुष्मा ओमाताका जीवनका विभिन्न पाटा र अनुभूतिका सन्दर्भमा समाजसेवी सालिकराम भण्डारी, पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ र इन्दिरा सुजुकीले आफ्ना अनुभव र धारणाहरू व्यक्त गर्दै सुष्मा ओमाताको दीर्घायुको कामना गर्नुभएको थियो भने शरद पोख्रेलले ‘सुष्मा शाह ओमाता : कला र साहित्यको शताब्दीनजिकको यात्रा’ शीर्षकमा जीवनी प्रस्तुत गर्नुभएको थियो।
जापानमा बिताएको पाँच दशकभन्दा बढी समयको अनुभव सुनाउँदै सुष्मा ओमाताले आफ्ना सङ्घर्ष र सफलताका प्रसङ्गहरू जोड्दै उपस्थित दर्शकहरूलाई विभिन्न प्रेरणादायी तथा रोचक घटनाक्रमहरू साझा गर्दै अनेसास जापानलाई आफूप्रति गरिएको यस प्रेम र सम्मानका लागि धन्यवाद व्यक्त गर्नुभयो। प्रमुख अतिथि डा. कुमार बस्नेतले सुष्मा ओमाताको नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको प्रेमको मुक्तकण्ठले प्रशंसा गर्दै वहाँको थप सक्रियता र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा करिब १२० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा करिब दुई दर्जन स्रष्टाहरूले आफ्ना रचना वाचन संगै शुभकामना मन्तव्य दिनु भएको थियो। मन्तव्य तथा रचना वाचन गर्नेहरूमा प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे, अरूण पौडेल, बैकुण्ठ भट्ट, धिषण निरौला, ग्रिष्मा पौड्याल, सुजाता शर्मा, शिवराज राई, सविना रेग्मी, हेमन्त गिरी, मिनराज बास्तोला, मञ्जु गिरी, लक्ष्मी राई, गंगा गगन निरज पाण्डे र समुन्द्र पौडेल रहनुभएको थियो।
साथै अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापाले सुष्मा ओमाताको सम्मानमा नेपालदेखि लेखेर पठाउनुभएको कविता पनि वाचन गरेर सुनाईएको थियो ।
कार्यक्रमलाई सफल बनाउन भूमिका निर्वाह गर्ने सम्पूर्ण पक्षलाई कार्यक्रम संयोजक दीपा घिमिरेले धन्यवाद व्यक्त गर्नुभएको थियो भने उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष आनन्द अधिकारीले औपचारिक कार्यक्रम विसर्जन गर्नुभएको थियो। संस्थाका महासचिव मनोज मौसम केसीले पहिलो सत्र र सचिव यमलाल कँडेलले दोस्रो सत्रको सहजीकरण गर्नुभएको थियो भने सचिव विनिशा सापकोटाको आवाजमा सुष्मा ओमाताको जीवनीलाई समेटिएको श्रव्य–दृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्त्यमा धौलागिरी भजन समूहले सुष्मा ओमाताको सम्मानमा भजन–किर्तन प्रस्तुत गरेको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




