काठमाडौं। जापानमा विगत पाँच वर्षदेखि ट्राभल तथा हवाई टिकटसम्बन्धी सेवा दिँदै आएको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको कान्तिपथबाट नेपाल शाखाको सेवा सुरु गरेको हो।

रेड बड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नारायण रिमालका अनुसार नेपाल शाखाबाट संसारभरका गन्तव्यका लागि हवाई टिकट बुकिङसँगै विभिन्न देशका टुर प्याकेज उपलब्ध गराइनेछ। जापान, इन्डोनेसिया, माल्दिभ्स, युएई, भियतनाम, थाइल्यान्ड तथा युरोपका विभिन्न मुलुक घुम्न चाहने यात्रुलाई लक्षित गरी टुर प्याकेजको व्यवस्था गरिने उनले बताए।

कम्पनीले हाल जापानबाट पनि युरोप, मलेसिया, सिंगापुर, इन्डोनेसिया र भियतनामलगायतका गन्तव्यका लागि टुर प्याकेज सञ्चालन गर्दै आएको छ।

रिमालका अनुसार रेड बड ट्राभल्सले अस्ट्रेलियामा समेत सेवा विस्तार गरिसकेको छ भने यसै वर्षदेखि युएई र स्पेनमा पनि सेवा सुरु गर्ने योजना बनाएको छ। आगामी दिनमा नेपालीहरूको उल्लेख्य बसोबास रहेका अन्य देशमा समेत क्रमशः शाखा विस्तार गर्दै लैजाने कम्पनीको योजना छ।

कम्पनीले जापानी पर्यटकलाई नेपाल भ्रमणमा ल्याउने योजनासमेत अघि बढाएको छ। त्यसका लागि आवश्यक लाइसेन्स प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको रिमालले जानकारी दिए।

“हामीले जापानबाट पनि विभिन्न देशका लागि टुर प्याकेज सञ्चालन गरिरहेका छौँ। अब जापानी पर्यटकलाई नेपाल ल्याउने तयारीमा छौँ,” रिमालले भने, “त्यसका लागि आवश्यक लाइसेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।”

नेपालमा शाखा विस्तारसँगै विदेश भ्रमण गर्न चाहने नेपाली तथा नेपाल आउने विदेशी पर्यटकलाई लक्षित गरी हवाई टिकट र टुर प्याकेज सेवा थप व्यवस्थित रूपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार