टोकियो, जापान। नेपालमा हालै आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि तनहुँ समाज जापानले राहत कोष स्थापना गर्ने निर्णय गरेको छ। विपद्को अवस्थालाई मध्यनजर गर्दै समाजले यसअघि आयोजना गर्ने तयारी गरेको तीजको दर खाने कार्यक्रमसमेत रद्द गरेको छ।
तनहुँ समाज जापानका अध्यक्ष डा. भोजराज पन्थको अध्यक्षतामा बिहीबार, अगष्ट २७ मा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।
बैठकले नेपालमा बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगमा योगदान पुर्याउने उद्देश्यले समाजको तर्फबाट राहत कोष खडा गर्ने निर्णय गरेको महासचिव डा. दिपेन्द्र ढकालले जानकारी दिए।
समाजले राहत अभियानमा सहभागी हुन चाहने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा जापानवासी नेपालीलाई तनहुँ समाज जापानको राहत कोषमा स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न सकिने जनाएको छ।
नेपालमा प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितिको सामना गरिरहेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मनोरञ्जनात्मक कार्यक्रमभन्दा अहिले पीडितको राहत र सहयोगलाई प्राथमिकता दिनुपर्ने निष्कर्षसहित तीजको दर खाने कार्यक्रम रद्द गरिएको समाजले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




