टोकियो, जापान। नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले धादिङ समाज जापानले सञ्चालन गरेको ४८ घण्टे आर्थिक सहयोग अभियानबाट संकलित १० लाख ५० हजार येन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ।

नेपालमा बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएपछि धादिङ समाज जापानले जापानमा रहेका नेपाली समुदायमाझ छोटो अवधिको आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो। संस्थाको आफ्नै योगदानसहित विभिन्न व्यक्तिहरूको सहभागिताबाट ४८ घण्टामै १० लाख ५० हजार येन संकलन भएको समाजले जनाएको छ।

संकलित रकम टोकियोस्थित एफजे पेको शिनओकुबो कार्यालयबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो। विपद् प्रभावितहरूको सहयोगका लागि पठाइएको उक्त रकममा एफजे पेले कुनै पनि सेवाशुल्क नलिई निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध गराएको समाजले जनाएको छ।

रकम पठाउन धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विजय सडौला, उपाध्यक्ष इश्वरी अर्याल, महासचिव सुशान्त बानियाँ, कार्यसमिति सदस्य देवकी पण्डित लगायत संस्थाका पदाधिकारीहरू एफजे पेको शिनओकुबो कार्यालय पुगेका थिए।

४८ घण्टे अभियानका सहयोगदाता र सहयोग रकम
धादिङ समाज जापानले उपलब्ध गराएको विवरणअनुसार अभियानमा संस्था तथा सहयोगदाताहरूबाट प्राप्त रकम यसप्रकार छः
१. धादिङ समाज जापान — ५००,५४७येन
२. नबिन राना मगर — १०,००० येन
३. बिमल श्रेष्ठ — १०,००० येन
४. रबिन शर्मा — ५,५५५ येन
५. विजय सडौला — १०,००० येन
६. राजकुमार बानियाँ — १०,००० येन
७. सुशान्त बानियाँ — १०,००० येन
८. राजकुमार अधिकारी — १०,००० येन
९. सरोज गिरी — १०,००० येन
१०. अजय न्यौपाने — १०,००० येन
११. समुन्द्र सडौला — १०,००० येन
१२. दिपक विष्ट — १०,००० येन
१३. राम बहादुर बिषुन्के — ११,१११ येन
१४. माधव ढकाल — १०,००० येन
१५. इश्वरी अर्याल — १०,००० येन
१६. श्याम शीतल — १०,००० येन
१७. लोकेन्द्र भण्डारी — ५,००० येन
१८. प्रविन नेपाल — १०,००० येन
१९. दिनेश गडेल — ५,००५ येन
२०. प्रल्हाद अधिकारी — १०,००० येन
२१. बिनोद ढंगोल — १०,००० येन
२२. देविका पण्डित — ५,५०० येन
२३. कृष्ण सिम्खडा — १,००,००० येन
२४. कृष्ण खनाल — १५,००० येन
२५. रबिन्द्र बानियाँ — १५,००० येन
२६. निरज पण्डित — ५,००० येन
२७. बद्रि पौडेल — ५,००० येन
२८. राजन गौतम — १०,००० येन
२९. राजन बराइली — ५,००० येन
३०. दिनेश लोहनी — २०,००० येन
३१. प्रदिप जंग शाह — १०,००० येन
३२. हरिलाल श्रेष्ठ — १०,००० येन
३३. सन्तोष धिताल (ओसाका) — ५,००० येन
३४. गणेश अधिकारी — १०,००० येन
३५. उपेन्द्र पण्डित — ५,००० येन
३६. मंगल सुनार — ५,१११ येन
३७. रामहरि पुडाशैनी — २५,००० येन
३८. बाबुकाजी भण्डारी — १०,००० येन
३९. सुनिल जमरकट्टेल — ५,००० येन
४०. सन्तोष भुजेल — ११,१११ येन
४१. बिष्णु कुमार श्रेष्ठ — ५,००० येन
४२. सिल सोभा रन्जित — ५,००० येन
४३. राजेश पण्डित — ५,००० येन
४४. सन्तोष तिवारी — १०,००० येन
४५. उत्तम ढकाल — १०,००० येन
४६. बिष्णु बहादुर श्रेष्ठ — १०,००० येन
४७. अनुप कँडेल — ५,००० येन
४८. श्रेष्ठ कुल नारायण — ५,००० येन
४९. राजकुमार गुरुङ — ५,५५५ येन
५०. राजेन्द्र कार्की — ५,००० येन
५१. दुर्गा प्रसाद आचार्य — १५,००० येन
५२. बिसाल भण्डारी -५,५०५ येन

जम्मा संकलित तथा पठाइएको रकम : १०,५०,००० येन

धादिङ समाज जापानले ४८ घण्टाको छोटो अवधिमै अभियानमा जोडिएर आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ। समाजले विपद्को समयमा देश र प्रभावित नागरिकका पक्षमा प्रवासमा रहेका नेपालीहरूले देखाएको एकता र सहयोगी भावनाले राहत तथा पुनःस्थापनाको प्रयासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

समाजले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारहरूको सुरक्षित र शीघ्र पुनःस्थापनाको कामना गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार