टोकियो/जापान। जापान सरकारले खाद्य सेवा अर्थात् रेस्टुरेन्ट क्षेत्रमा ‘तोकुतेइ गिनोउ१’ (विशिष्ट सीपयुक्त कामदार–१) अन्तर्गत विदेशबाट नयाँ कामदार ल्याउने प्रक्रिया गत अप्रिलदेखि रोक लगाएपछि जनशक्ति अभाव झेलिरहेको रेस्टुरेन्ट उद्योगमा थप दबाब परेको छ। विशेषगरी टोकियोजस्ता ठूला सहर र ग्रामीण क्षेत्रबीच विदेशी कामदार भर्ना गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।
सरकारको पछिल्लो रोक मुख्यतः विदेशबाट नयाँ कामदार जापान ल्याउने प्रक्रियामा लागू भएको हो। जापानमै रहेर ‘तोकुतेइ गिनो १’ अन्तर्गत खाद्य सेवा क्षेत्रमा कार्यरत विदेशी नागरिकले भने यसअघिजस्तै सोही उद्योगभित्र कम्पनी परिवर्तन गर्न तथा आफ्नो बसोबास अवधि नवीकरण गर्न सक्नेछन्।
विदेशबाट नयाँ जनशक्ति ल्याउन नसक्ने भएपछि रेस्टुरेन्ट तथा खाद्य सेवा व्यवसायीहरू जापानभित्रै रहेका विदेशी कामदारलाई भर्ती गर्न केन्द्रित हुन बाध्य भएका छन्। यसले सीमित जनशक्तिका लागि व्यवसायीबीच प्रतिस्पर्धा बढाएको छ।
जापान फुडसर्भिस एसोसिएसनको हालै आयोजित एक क्षेत्रीय परिषद् बैठकमा सहभागी एक कम्पनीले ग्रामीण क्षेत्रमा कामदार टिकाइराख्न कठिन भइरहेको अनुभव सुनाउँदै भनेको छ, “विदेशी कामदारहरू टोकियो महानगरीय क्षेत्रतर्फ तानिए।”
विदेशी कामदार भर्तीमा सहयोग गर्ने टोकियोस्थित ‘माइनाभी ग्लोबल’का अनुसार सरकारले नयाँ विदेशी कामदार भित्र्याउने प्रक्रिया रोक्ने घोषणा गरेको मार्च २७ देखि जुलाई १६ सम्म रेस्टुरेन्ट क्षेत्रका ‘तोकुतेइ गिनो’का लागि कम्पनीहरूले दिएको रोजगारीको माग २.६ गुणाले बढेको छ।
विशेषगरी टोकियो महानगरीय क्षेत्रमा कामदारको माग उल्लेख्य रूपमा बढेको कम्पनीले जनाएको छ।
माइनाभी ग्लोबलका अध्यक्ष मोतोकी युजुरिहाले विदेशबाट आउने जनशक्तिको एउटा प्रमुख स्रोत बन्द भएपछि व्यवसायीहरूमा संकट र अन्योल बढिरहेको बताएका छन्।
उनका अनुसार आकर्षक तलब, सुविधा तथा जीवनयापनका अवसरका कारण विदेशी कामदार ठूला सहरतर्फ केन्द्रित हुने क्रम अझै जारी रहने सम्भावना छ। यसको प्रत्यक्ष असर ग्रामीण तथा क्षेत्रीय सहरका रेस्टुरेन्ट व्यवसायमा पर्ने देखिएको छ।
“कामदारहरू सहरी क्षेत्रतर्फ तानिने क्रम जारी रहनेछ र क्षेत्रीय इलाकामा जनशक्ति भर्ती झन् कठिन हुँदै जानेछ,” युजुरिहाले बताएका छन्।
जापानमा रेस्टुरेन्ट तथा खाद्य सेवा उद्योग लामो समयदेखि गम्भीर जनशक्ति अभावसँग जुधिरहेको छ। यस्तो अवस्थामा विदेशबाट नयाँ ‘तोकुतेइ गिनो’ कामदार ल्याउने बाटो बन्द हुँदा जापानभित्र उपलब्ध विदेशी कामदारलाई कसले आकर्षित गर्ने भन्ने प्रतिस्पर्धा थप चर्किने देखिएको छ।
यसको सबैभन्दा ठूलो असर ग्रामीण क्षेत्रका साना तथा मझौला रेस्टुरेन्ट व्यवसायमा पर्ने चिन्ता बढेको छ। ठूला सहरका कम्पनीले तुलनात्मक रूपमा राम्रो तलब तथा सुविधा प्रस्ताव गर्न सक्ने भएकाले ग्रामीण क्षेत्रमा कार्यरत विदेशी कामदारसमेत टोकियो, ओसाका लगायतका महानगरीय क्षेत्रतर्फ सर्ने जोखिम बढेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




