टोकियो । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि डिपवे जापान कम्पनी प्रालिले ३६ लाख येन सहयोग प्रदान गरेको छ।

कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार दिपवे जापान कम्पनीका तर्फबाट ३० लाख येन र कम्पनी परिवारका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख येन दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा सहयोगको घोषणा गर्दै कम्पनीले बाढीपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ।

विपत्तिबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै सुवेदीले पीडितप्रति करुणा, सहयोग र एकताको भावना देखाउन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार