टोकियो। प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको २२औँ राष्ट्रिय अधिवेशन भोलि सेप्टेम्बर २० तारिख आइतबार टोकियोमा हुने भएको छ। कामाता कम्युनिटी हलमा बिहान १० बजेदेखि सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
नेकपा (एमाले) को प्रवास संगठनका रूपमा रहेको मञ्चको अधिवेशनले सन् २०२६–२०२९ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। अध्यक्ष कुलचन्द्र खरेल नेतृत्वको वर्तमान कार्यसमितिको तीनवर्षे कार्यकाल पूरा भएपछि अधिवेशन हुन लागेको हो।
अधिवेशनमा अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा प्रवासी नेपाली मञ्च पूर्वी एसिया इन्चार्ज सुरेश केसी प्रमुख अतिथिका रूपमा सहभागी हुने उपाध्यक्ष बाबुराम भण्डारीले जानकारी दिए। यसअघि प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएका एमाले केन्द्रीय सदस्य एवं पूर्वी एसिया इन्चार्ज डा. सूर्य पाठक पार्टीको केन्द्रीय कमिटी बैठकका कारण उपस्थित हुन नसक्ने भएपछि केसी सहभागी हुन लागेका हुन्।
अधिवेशनका लागि जापानका विभिन्न क्षेत्रबाट प्रतिनिधि तथा सदस्यहरू टोकियो आउने क्रम सुरु भइसकेको छ। कार्यक्रममा सदस्य, शुभेच्छुक तथा शुभचिन्तकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रवासी नेपालीहरूको एकता, सहकार्य र साझा आवाजलाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजना गर्न लागिएको अधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको मञ्चले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




