टोकियो/जापान। जापानमा बसोबास गर्ने विदेशी नागरिकको बसोबास अवधि नवीकरण, हैसियत परिवर्तन तथा स्थायी बसोबास अनुमतिसम्बन्धी शुल्क आउँदो अक्टोबर १ देखि उल्लेख्य रूपमा बढ्ने भएको छ। नयाँ व्यवस्थाअनुसार काउन्टरमार्फत आवेदन दिई एक वर्षको बसोबास अनुमति प्राप्त गर्दा ३३ हजार येन र स्थायी बसोबास अनुमति प्राप्त गर्दा २ लाख येन तिर्नुपर्नेछ।
हाल बसोबासको हैसियत परिवर्तन तथा अवधि नवीकरणका लागि काउन्टरमार्फत आवेदन गर्दा ६ हजार येन र अनलाइनमार्फत गर्दा ५ हजार ५ सय येन शुल्क लाग्दै आएको छ। नयाँ व्यवस्थामा स्वीकृत हुने बसोबास अवधिअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ। एक वर्षको अनुमतिका लागि काउन्टरमा लाग्ने शुल्क हालको तुलनामा साढे पाँच गुणा हुनेछ।
नयाँ शुल्क विवरणअनुसार तीन महिनासम्मको बसोबास अनुमति प्राप्त गर्दा काउन्टर वा अनलाइन दुवै माध्यमबाट १० हजार येन लाग्नेछ। तीन महिनाभन्दा बढी र छ महिनासम्मको अनुमतिका लागि काउन्टरबाट १८ हजार तथा अनलाइनबाट १५ हजार येन तिर्नुपर्नेछ। छ महिनाभन्दा बढी र एक वर्षभन्दा कम अवधिको अनुमतिमा काउन्टरबाट २५ हजार तथा अनलाइनबाट २१ हजार येन शुल्क लाग्नेछ।
एक वर्षको बसोबास अनुमति प्राप्त गर्दा काउन्टरबाट ३३ हजार र अनलाइनबाट २७ हजार येन तिर्नुपर्नेछ। एक वर्षभन्दा बढी र तीन वर्षभन्दा कम अवधिका लागि काउन्टरबाट ४८ हजार तथा अनलाइनबाट ४२ हजार येन शुल्क निर्धारण गरिएको छ।
त्यस्तै, तीन वर्ष वा सोभन्दा बढी र पाँच वर्षभन्दा कम अवधिको अनुमतिमा काउन्टरबाट ६४ हजार तथा अनलाइनबाट ५६ हजार येन लाग्नेछ। पाँच वर्ष वा सोभन्दा बढी अवधिको अनुमति प्राप्त गर्दा काउन्टरबाट ७५ हजार र अनलाइनबाट ६५ हजार येन तिर्नुपर्नेछ। यसअनुसार तीन महिनाभन्दा लामो अवधिको अनुमतिमा अनलाइन आवेदन गर्दा काउन्टरको तुलनामा कम शुल्क लाग्नेछ।
स्थायी बसोबास अनुमतिको शुल्क भने हालको १० हजार येनबाट बढेर २ लाख येन पुग्नेछ। यो हालको शुल्कको २० गुणा हो।
नयाँ शुल्क सन् २०२६ अक्टोबर १ वा त्यसपछि स्वीकार गरिएका आवेदनमा लागू हुनेछ। सेप्टेम्बर ३० सम्म स्वीकार भइसकेका आवेदनको निर्णय अक्टोबर वा त्यसपछि भए पनि पुरानै शुल्क लागू हुने व्यवस्था छ।
शुल्क निर्धारण गर्दा आवेदकले माग गरेको अवधि नभई अध्यागमनबाट वास्तवमा स्वीकृत भएको बसोबास अवधिलाई आधार मानिनेछ। उदाहरणका लागि, पाँच वर्षको अनुमति मागेर आवेदन दिए पनि एक वर्षको मात्रै अनुमति पाएमा एक वर्षकै शुल्क तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
- एशियाली खेलकुद जापानमा सकियो, अब २०३० मा कतारमा हुने
- ओसाकास्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ गर्दै ब्लु ब्वाइज युनियन
- जापानबाट जन्मभूमिमा खेलकुद अभियान जोड्दै दिलेन्द्र जोशी, लेकममा दशैं कप हुने
- जापानमा अक्टोबरदेखि भिसा नवीकरण शुल्क बढ्दै : १ वर्षको ३३ हजार, स्थायी बसोबासको २ लाख येन
- जापानमा नेपाली विद्यार्थीको पढाइ, रोजगारी र भविष्यबारे सेमिनार सम्पन्न
- नवलपुर समाज जापानको अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा
- जनसम्पर्क समिति जापानले सबै क्षेत्रमा अधिबेसन गर्ने, प्रवक्तामा राजेश खनाल मनोनीत
- डायस्पोरा : विदेशमा नेपालको ‘बाह्रौँ खेलाडी’स्टेडियम भराउने नेपाली भीडले खेलाडीको प्रदर्शनमा कति फरक पार्छ?
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने




