ओसाका। जापान। ब्लु ब्वाइज युनियन ओसाका जापानले आगामी अक्टोबर १२ तारिख सोमबार ओसाकाको चुरुमी र्योकुची पार्कस्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमका लागि सम्बन्धित वडा कार्यालयसँग टेलिफोनमार्फत सम्पर्क गरी आवश्यक तयारी गरिएको संस्थाका सचिव अनिल पाण्डेले जानकारी दिनुभयो। संस्थाले यसअघि पनि उक्त मन्दिर परिसरमा चार पटक सरसफाइ गरिसकेको छ।

पछिल्लो समय मन्दिर वरिपरि झारपात, स–साना बोटबिरुवा तथा पातपतिङ्गर थुप्रिएकाले पुनः सरसफाइ गर्न लागिएको पाण्डेले बताउनुभयो। नेपालीहरूको महान् पर्व विजया दशमी नजिकिँदै गर्दा मन्दिर परिसरलाई स्वच्छ र सफा राख्नु कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ छ।

सरसफाइ कार्यक्रमको संयोजकको जिम्मेवारी संस्थाका कोषाध्यक्ष मदन बिकलाई दिइएको छ। कार्यक्रमस्थल ओसाकाको चुरुमी वडास्थित र्योकुचीकोएन २–१६३ मा रहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार