टोकियो । नेपाली चलचित्र ‘पेन्सनपट्टा’को टोकियो प्रदर्शनका लागि पहिलो र दोस्रो शोका टिकट बिक्री भइसकेपछि तेस्रो शो थप गरिएको छ। दर्शकको माग र चापलाई ध्यानमा राख्दै थप शोको अनलाइन टिकट बुकिङ खुला गरिएको आयोजकले जनाएको छ।

न्यू आईटी भेञ्चर/एनआईटीभी समूह र तमु धिं जापानको आयोजनामा यही अक्टोबर १२ मा टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा चलचित्रका तीन शो प्रदर्शन हुनेछन्।

तेस्रो शो थपिएसँगै प्रदर्शन तालिकामा केही परिवर्तन गरिएको छ। पहिलो शो पूर्वनिर्धारित समयअनुसार दिउँसो १ बजे नै हुनेछ। यसअघि अपराह्न ४ः३० बजे तय गरिएको दोस्रो शो भने ३० मिनेट अगाडि सारेर अपराह्न ४ बजे निर्धारण गरिएको छ। तेस्रो शो साँझ ६ः१५ बजे सुरु हुनेछ।

आयोजकका अनुसार दोस्रो शोको टिकट लिएका दर्शक समय परिवर्तनका कारण उक्त शोमा उपस्थित हुन नसकेमा सोही टिकटबाट तेस्रो शोमा प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ।

पहिलो र दोस्रो शो हाउसफुल भइसकेकाले अब तेस्रो शोका लागि मात्रै टिकट बुक गर्न आयोजकले अनुरोध गरेको छ। साथै, दोस्रो शोको टिकट लिएका दर्शकलाई परिवर्तित समयबारे ध्यान दिन आग्रह गरिएको छ।

टिकटका लागि यहाँ क्लिक गर्नुहोस्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार