ओसाका/जापान। जापानको ओसाकामा नेपाली तथा एसियाली खाद्य सामग्रीको व्यवसाय गर्दै आएको सुलभ मार्टले जापानभर डेलिभरी सुविधासहित अनलाइन बिक्री सेवा सुरु गरेको जनाएको छ।
जापानमा बसोबास गर्ने नेपाली समुदायलाई सहज रूपमा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले अनलाइन सेवा सञ्चालनमा ल्याइएको मार्टले जानकारी दिएको छ। ग्राहकहरूले www.sulavmart.com मार्फत सामान छनोट गरी अर्डर गर्न सक्नेछन्।
मार्टका अनुसार वेबसाइटबाट चामल, दाल, मसला, तेल, चाउचाउ, स्न्याक्स, फ्रोजन फुड तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न सकिनेछ। अर्डर गरिएका सामान जापानका विभिन्न सहर तथा क्षेत्रमा रहेका ग्राहकको घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ।
विशेषगरी नेपाली तथा एसियाली खाद्य सामग्रीका पसलबाट टाढा बस्ने ग्राहकलाई यस सेवाले सहज हुने मार्टको अपेक्षा छ। नेपाली सामान किन्न टाढासम्म जानुपर्ने बाध्यता कम गर्दै घरमै बसेर किनमेल गर्न सकिने सुविधा उपलब्ध गराइएको मार्टले जनाएको छ।
अनलाइन खरिदको भुक्तानीका लागि क्रेडिट कार्ड, कम्बिनी स्टोर र बैंक ट्रान्सफरलगायत विकल्प उपलब्ध रहेको जानकारी दिइएको छ। आगामी दिनमा थप डिजिटल भुक्तानी सुविधा समावेश गर्ने योजना पनि मार्टले सार्वजनिक गरेको छ।
सुलभ मार्टले ग्राहकको विश्वासप्रति आभार व्यक्त गर्दै गुणस्तरीय सामान, उचित मूल्य र भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन
- जापानमा बसोबास गर्ने विदेशीको संख्या ४२ लाख ८१ हजार नाघ्यो, हालसम्मकै उच्च रेकर्ड
- जापानको हिमेजीमा नोभेम्बर ८ मा देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
- अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनको तयारी पूरा, धादिङबेँसीमा भोलि हुँदै
- जापानको टोकियो मात्रै होइन, गाउँगाउँमा पनि बढ्दै विदेशीको बसोबास
- जापानमा ब्लु ब्वाइज युनियनले ‘पुस्तक पढौँ अभियान’ सुरु गर्दै
- क्योटोमा नेपाली कलाको चिनो : संरक्षणको पर्खाइमा नेपाल मैत्री भवन
- जापानभर नेपाली सामान घरमै मगाउन सकिने, सुलभ मार्टको अनलाइन सेवा सुरु
- टोकियोमा ‘पेन्सनपट्टा’का दुई शो हाउसफुल, दर्शकको मागपछि तेस्रो शो थप




