धादिङ, नेपाल। अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। यही असोज ३१ गते शनिबार धादिङबेँसीमा आयोजना हुने महाधिवेशनको आवश्यक तयारी पूरा भएको संस्थाका अध्यक्ष राजन खकुरालले जानकारी दिएका छन्।

महाधिवेशन धादिङबेँसीस्थित शीतल बजारको क्रिक रिसोर्टमा बिहान १० बजेदेखि सुरु हुने कार्यक्रम तय गरिएको छ।

विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एउटै साझा संस्थामार्फत एकताबद्ध गर्दै जिल्लाको सामाजिक, आर्थिक, शैक्षिक तथा समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय धादिङ समाज क्रियाशील रहँदै आएको छ।

संस्थाका अध्यक्ष खकुरालका अनुसार महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी पूरा गरिएको हो।

महाधिवेशनमा संस्थाको विगतको कार्यसम्पादन, हालसम्मका उपलब्धि, भावी योजना तथा संगठनको आगामी कार्यदिशाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, विश्वभर छरिएर रहेका धादिङवासीबीच आपसी सम्बन्ध, सहकार्य र एकतालाई थप सुदृढ बनाउँदै जन्मभूमिको विकासमा प्रवासी धादिङवासीको भूमिकालाई प्रभावकारी बनाउने विषयले पनि प्राथमिकता पाउने विश्वास गरिएको छ।

प्रवासमा रहेका धादिङवासीको साझा संस्थाका रूपमा स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनलाई संस्थागत विकास र आगामी नेतृत्वका दृष्टिले समेत महत्त्वपूर्ण रूपमा हेरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार