टोकियो, जापान। धादिङ समाज जापानले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै आपत्कालीन राहत कोषलाई थप बलियो बनाउने उद्देश्यले जापानमा विशेष देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजले आगामी नोभेम्बर ८ तारिख (आइतबार) साँझ ५ बजेदेखि टोकियोको सिनओकुबोस्थित कुमारी रेस्टुरेन्टमा कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपालीहरूको मौलिक सांस्कृतिक पर्व तिहारको अवसर पारेर आयोजना गरिने कार्यक्रममा परम्परागत देउसी–भैलो, नेपाली गीतसंगीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत जापानमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

विशेषगरी विदेशमा रहँदा विभिन्न समस्यामा परेका नेपालीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले स्थापित आपत्कालीन राहत कोषलाई थप सुदृढ बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको समाजले जनाएको छ।

समाजले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै मानवीय सेवामा योगदान पुर्‍याउने यस अभियानमा सहभागी हुन जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम विवरण:

  • मिति: नोभेम्बर ८, २०२६ (आइतबार)
  • समय: साँझ ५ बजे
  • स्थान: कुमारी रेस्टुरेन्ट, सिनओकुबो, टोकियो
  • आयोजक: धादिङ समाज जापान
नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार