टोकियो । ‘ब्रेन ट्युमर भएर हाल काठमाडौं स्थित न्युरो अस्पताल गोल्फुटारमा उपचाररत कास्की भरतपोखरी-८ का सरोज आचार्यलाई जापान बाट २ लाख ११ हजार ३ सय ९० जापानी येन (नेपाली एक लाख एकानब्बे हजार एक रुपैयाँ- १९१००१) नेपाल पठाइएको छ ।

टोकियोमा करम संकलन संयोजन गरेका कृष्ण अधिकारीका अनुसार,विशेष गरी जापानमा रहेका कस्केली र अन्य केही मित्रहरु बाट संकलित रकम शनिबार नेपाल पठाइएको हो ।संकलित रकम पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले र नेपाल जापानडटकमका पत्रकार आनन्द कोइरालाको उपस्थितिमा जापान मनी एक्सप्रेसका राजन श्रेष्ठ लाई हस्तान्तरण गरिएको हो । संकलित रकममा नपुग र रेमिट चार्ज गरि जापान मनि एक्प्रेसले २ हज़ार ४ सय ५६ येन थपेको थियो ।

“हाम्रै साथी, भाई-दाइ जिबन मरणको दोसाँधमा रहेका र न्युरो अस्पतालमा उपचार गराइरहेका आचार्य लाई सम्पूर्ण दाजु- भाई दिदी बहिनीहरुलाई सहयोगको अनुरोध गरेका थियौ सोही अनुरुप सबैले आफ्नो तर्फ बाट सक्दो सहयोग गरिदिनु भयो”उनले भने । सो सहयोग रकम नेपालजापान डट कमको अफिसियल बैंक एकाउन्ट मार्फत संकलन गरिएको थियो ।जापानको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरु मार्फत उठेको रकम नेपाल स्थित आचार्य कि श्रीमती सन्तोषी पौडेल आचार्यको नबिल बैंकमा जम्मा गरिने गरि पठाईएको जनाइएको छ ।

संसारभर रहेका नेपालीहरु बाट आर्थिक सहयोगको अपेक्षा

बिगत एक बर्ष देखि ब्रेन ट्युमरको बिमारी छन । अघिल्लो बर्ष भारतको मेदान्त अस्पतालमा पहिलो चरणको उपचार गरेर फर्केका अचार्यलाई पुन सोहि व्यथाले च्यापे पछि अहिले सबै नेपालीको सहयोगको अपेक्षा गरेका छन् । त्रिभुवन विश्व बिद्यालय किर्तिपुर बाट ब्यबस्थापनमा स्नातकोत्तर गरेका आचार्य पारिबारिक आर्थिक स्थितिका कारण कोरियामा पुगेका थिए । तर दुखको कुरा उनलाई त्यहि बिदेशी भूमिमा त्यस्तो रोग देखियो । पहिलो पटकको उपचार पछि सामान्य बनेका उनि पुन: कोरिया आएका थिए तर उनलाई काम गर्न अफ्टेरो भए पछि तीन साता अघि मात्र नेपाल फर्केका हुन् । हालसम्म सहयोग गरिदिनु हुने महानुभाबहरुको नामावली यस प्रकार रहेको छ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार