रामपुर, १३ वैशाख । सत्र वर्षपछि रामपुर नगरपालिका वडा नं ४, ५ र ७ का सबै गाउँबस्ती र टोलमा बिजुली विद्युतीकरण गरिएको छ ।
नगरपालिकाको केन्द्र नजिकै रहेका वडा नं ४ को छत्तिवनडाँडा, भइनडाँडा र तल्लो गिजिनडाँडा वडा नं ५ को बहखोला, वडा नं ६ को बाहुनडाँडा, भन्ज्याङबारी, सर्पराज, मुढीखोप, गोलैचे, गैराबारी, विक्रम्दी, कुसुण्डेमा विद्युत् विस्तार गरी बत्ती बलेपछि गाउँवासी दंग छन् । बहखोलाका ८५ वर्षीय शोकमान श्रेष्ठले गाउँमा बिजुली बल्छ भन्ने आशा कहिल्यै नगरेको बताउँदै बिजुलीको उज्यालोमा बस्न पाउँदा आफूलाई रमाइलो लागेको बताए । बिजुली बत्ती बलेपछि यहाँका करिब दुई सय घरपरिवारका सदस्य प्रत्यक्ष लभान्वित भएका छन् । विद्युतीकरणका लागि नेपाल सरकारको केन्द्रीय बजेटअन्तर्गतको १९ लाख ८० हजार, रामपुर नगरपालिकाको आर्थिक वर्ष २०७२÷७३ को रु आठ लाख २५ हजार, उपभोक्ता घरधुरीबाट उठाइएको चार लाख ९५ हजार गरी जम्मा ३३ लाखको लागतमा योजना सम्पन्न भएको उपभोक्ता समितिका अधयक्ष दोवराज तिवारीले बताए । विसं २०५७ असारमा साबिक रामपुर गाविसका बजार नजिकका केही वडाका गाउँ, टोलबस्तीमा बिजुली बले पनि लामो समयपछि साबिकको वडामा गाउँमा बत्ती बाल्न सफल भएको अध्यक्ष तिवारीले बताउनुभयो । बुटवल पावर कम्पनीमार्फत विद्युतीकरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा जग्गा किन्नुअघि: धार्मिक र सांस्कृतिक संरचनाका विवादले सिकाएका पाठ! हामीले पनि मनन् गर्ने कि ?
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने




