नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ । नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ । नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ । नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ । इन्डेक्सअनुसार मोबाइल ब्रोडब्यान्डमा नेपालमा ९९ औं स्थानमा छ । यस्तै, फिक्स्ड ब्रोडब्यान्डमा भने ९२ औं स्थानमा रहेको छ । यो अध्ययनमा स्पिड टेस्ट मोबाइल एप र वेबसाइटमार्फत १७ अर्ब (१७ बिलियन) परीक्षणलाई समावेश गरिएको थियो । इन्डेक्सअनुसार भारत मोबाइल ब्रोडब्यान्डमा १०९ औं स्थान र फिक्स्ड ब्रोडब्यान्डमा ७६ औं स्थानमा छ । सन् २०१७ को सुरुमा भारतको मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड औषतमा ७.६५ एमबीपीएस थियो । इन्डेक्सले नोभेम्बरमा समग्र मोबाइल डाउनलोड स्पिड ८.८० एमवीपीएस रहेको जनाएको छ । सन् २०१७ को सुरुमा औषत मोबाइल ब्रोडब्यान्डको तुलनामा नोभेम्बरसम्म आउँदा १५ प्रतिशतले स्पिड वृद्धि भएको छ । गत जनवरीमा फिक्स्ड ब्रोडब्यान्ड डाउनलोड स्पिड १२.१२ रहेकोमा नोभेम्बरमा आउँदा बढेर १८.८८ एमबीपीएस पुगेको छ । यो भनेको भन्डै ५० प्रतिशतले स्पिड बढ्नु हो । नेपालमा पनि पछिल्लो समयमा मोबाइल सेवा प्रदायक कम्पनीहरूले फोरजी सेवा विस्तार गरेसँगै डाउनलोड स्पिडमा यसको सकारात्मक प्रभाव देखिएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार १ करोड ६३ लाख १६ हजार इन्टरनेट प्रयोगकर्तामध्ये ८६ लाख नेपाल टेलिकम र ७१ लाख ८३ हजार एनसेलका प्रयोगकर्ता छन् । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्यासमेत दिनप्रतिदिन बढ्दो छ । हातहातमा मोबाइल र शिक्षामा भएको पहुँच वृद्धिसँगै इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । मोबाइल, ल्याण्डलाइन, केबल मोर्डेम, एडीएसएल, जीपीआरएस, थ्रिजी तथा फोरजीमार्फत इन्टरनेटको प्रयोग हुन्छ । सरकारले सन् २०२० सम्म देशभर ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुर्याउने तयारी गरेको छ । सूचना सञ्चार प्रविधि (आइसीटी)मा भएको विश्वव्यापी विकास र विस्तार तथा तथा मोबाइल प्रयोगकर्ताको वृद्धिदरलाई प्राथमिकतामा राख्दै सररकाले ब्रोडव्याड इन्टरनेट पहुँचलाइ प्राथमिकता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




