दक्षिण कोरिया । हामी सबैलाई थाहा नै छ आम नेपालीको मनमा बस्न सफल न्युज 24 टेलिभिजन को कार्यक्रम सिधा कुरा जनतासंग निकै लोकप्रिय बन्दै गएको कुरा ,यस कार्यक्रमका प्रस्तोता रबि लामिछाने सबैको मनमा बस्न सफल हुनु भएको छ ।धेरै ठुला ठुला कुरा गरेर चर्चा कमाउन भन्दा पनि मानिसको सामान्य समस्यालाई समाधान गर्ने प्रयत्न गर्नु र धेरै हदसम्म समस्याको समाधान हुनु यस कार्यक्रमको विशेषज्ञता नै बनेको छ ।
कुनै समस्या पर्नासाथ सिधाकुरा जनता समक्ष पुग्नु पर्छ रबि लामिछानेले मात्र यो समस्या समाधान गराईदिन सक्छन् भन्ने कुराको छाप आम मानिसमा परिसकेको छ । यो एकदमै जायज कुरा हो तर यसो भनिरहँदा आफू पनि कति सचेत छौँ भन्ने प्रस्न महत्त्वपूर्ण हुन्छ आम सर्बसाधारण मानिसको सामान्य समस्या देखि धेरै जटिल समस्या समाधान गरिँरहँदा यो कार्यक्रम मात्र नै सबै समस्याको समाधान गर्ने माध्यम भने हुन सक्दैन किनकि यो एउटा टेलिभिजन को मात्र ४/५ जनाको टिमले सचालन गरेको कार्यक्रम हो । अचेल सामजिक संजालमा सिधाकुरा जनतासंग कार्यक्रम को प्रतिक्रियाम हेर्दा सामान्य समस्यालाई वास्ता नगरिएको गुनासो सुनिन थालेको छ ।यस तर्फ हामी पनि स्वयम सचेत हुन जरुरी छ ।
रबि लामिछाने स्वयमपले पनि लाईभ टेलिभिजन मार्फत पटक पटक भन्ने गर्नु भएको छ कि तपाईंहरु आफू पनि सचेत हुन जरुरी छ ठाउँ ठाउँमा हुने अनियमितता घुसखोरी र ढिलासुस्ती विरुद्ध आवाज उठाउनुहोस् सम्बन्धित निकायको ढोका ढकढक्याउनुहोस् त्यति गर्दा पनि कुनै समाधान निस्किएन भए हाम्रो कार्यक्रम आउनुहोस् या हामीलाई कल गर्र्नुहोस , कुरा एकदमै जायज र स्पष्ट छ , हामी समस्या आउनासाथ सबै भन्दा पहिले आफ्नै तरिकाले सम्बन्धित निकायमा गएर पहल गरौं दबाब दिऔं बिरोध गर्नु पर्ने ठाउँमा बिरोध गरौँ अनि मात्र अन्तिम बिकल्पको रुपमा सिधाकुरा जनतासमक्ष पुगौँ या फोन कल गरौँ जसलेगर्दा उहाँहरुको कार्यभारमा पनि कमी आउँछ भने हामी आँफैमा पनि जागरुकता सिर्जना हुन्छ र कसैले गतल गर्नु अघि सोच्न बाध्य हुन्छ ।
कतिपय समस्या हाम्रो सानो पहलले पनि हल हुन सक्ने हुन्छ , उदाहरण को लागि वैदेशिक रोजगारीको क्रममा आउने समस्या हल गर्न सम्बन्धित देशको राजदुतावासमा पहिले आफैं फोन गरेर जवाफदेही बनाउने कोसिस गरौँ दवाब दिऔँ सम्पर्क नम्बर नभए कहि कतै बाट खोजेर भए पनि फोन गरौँ त्यति गर्दा पनि दूतावास ले कुनै पहल गरेन वास्ता गरेन वा फोन उठाएन भने मात्र सिधाकुरा जनता संग सम्पर्क गरौं , पहिले आफुले कुनै पहल नगरी सामन्य प्रसासनिक समस्या बुझिदिन या भिसा र अन्य बिबिध समस्या बुझिदिनको लागि मात्र फोन नगरौँ यसो गर्दा सामान्य समस्या समाधान को लागि न्युज 24 मा सम्पर्क गर्नै पर्दैन , जुन कुरा नागरिक सचेतनाको एउटा उदाहरण पनि बन्न सक्छ र सिधा कुरा जनता को प्रभावकारिता हामी आफैँ महसुस गर्न सक्छौं ।
सबै समस्याको समाधानको केन्द्र सिधाकुरा जनता संग मात्र होईन यो जनताको जागरुकताको साधक पनि हो यो मनै देखि बुझ्न जरुरी छ र हामीहरुले मनैदेखि अपनाउन जरुरी पनि छ , तब मात्र रबि लामिछाने ले चाल्नु भएको कदममा हामीले पनि एक ईट्टा थप्न सक्छौँ अनि मात्र सम्बन्धित निकायलाई जवाफदेही र पारदर्शी बनाउने उहाँको अन्तित चाहना पूरा हुन सक्छ र हामीहरुलाई पनि उर्जासिल र एक सचेत नेपाली नागरिक हुनुको औचित्य साबित हुन सक्छ जसरी हाम्रो मीठो प्रतिक्रियाले सिधाकुरा जनतासँगको सम्पुर्ण टिमलाई उर्जा मिल्छ ठिक त्यसैगरी हामी स्वयम् जागरुक हुन सक्यौँ भने उहाँहरुलाई थप खुसी अवस्य मिल्छ ,जय देश जय मात्रीभुमी ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




