काठमाडौं : चलचित्र बनाउने नयाँनयाँ प्रविधिको विकास भइरहेको बेला सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी ‘दृश्यांश’नामक मोबाइल फिल्म प्रतियोगिताको दोस्रो संस्करण घोषणा गरिएको हो । ‘दृश्यांशको निर्णायकमा निर्देशक निश्चल बस्नेत, अभिनाशविक्रम शाह, दीपक रौनियार र सञ्चारकर्मी सुशील पौडेल रहने छन् ।
प्रतियोगिताबारे जानकारी दिँदै ‘दृश्यांश’ की संयोजक सम्पदा मल्लले आफूसँग कथा भएका जोसुकैले प्रतियोगिता भाग लिन पाउने बताइन् । उनीहरूलाई मूलधारमा ल्याउन पनि प्रतियोगिताले सहयोग गर्ने उनको भनाइ छ । मोबाइल चलचित्र प्रतियोगिता नेपालमा नयाँ सुनिए पनि विश्वमा यस्ता प्रकारका महोत्सव धेरै हुने उनले बताइन् । ‘दृश्यांश’ को पहिलो संस्करणमा चार सय चलचित्र आएको र उत्साहजनक सहभागिता भएकै कारण दोस्रो संस्करण गर्न हौसिएको उनले बताइन् ।
कार्यक्रममा निर्देशक निश्चल बस्नेतले कुनै बेला आफूले चलचित्र बनाउने सोच्दा प्लेटफर्म नपाएको र धेरै भौंतारिएको अनुभव सुनाए । यस्ता प्रतियोगिताले चलचित्र बनाउन चाहने तर प्रविधिका कारणले खुम्चिएका प्रतिभालाई मूलधारमा ल्याउने उनको भनाइ छ । अभिनाशविक्रम शाहले ‘दृश्यांशको पहिलो संस्करणमा पनि उत्कृष्ट चलचित्र आएको अनुभव सुनाए ।
जुरी सुशील पौडेलले यो आफ्नो लागि नयाँ अनुभव भएको बताए । विश्वमा सामान्य प्रविधिबाट धेरै उत्कृष्ट चलचित्र बनेको बताउँदै उनले मोबाइलबाट चलचित्र बनाउने प्रतियोगीलाई अवसर र चुनौती दुवै भएको बताए ।
सहआयोजक सिनेमाघरका सागर खरेलले आफूहरूले नेपाली चलचित्रलाई विश्वव्यापीकरण गर्ने अभियानका साथ एप्लिकेसनको सुरुवात गरेको र सर्वनामले युवा पुस्ताका लागि गर्न लागेको काम प्रशंसनीय भएकाले नै आफूहरूले सहकार्य गरेको बताए ।
सर्वनामका निर्देशक अशेष मल्लले संसारमा कलाका विविध विधा भए पनि ती एउटै छाताभित्र भएको बताए । ‘कला व्यक्त गर्ने माध्यममात्र फरक हुन् तर सबै कला एउटै छाताभित्रका हुन्’, उनले भने ।
मोबाइलको क्षमताअनुसार चलचित्रको उत्कृष्टा जाँचिने हो कि भन्ने प्रश्नमा निर्देशक बस्नेतले भने, ‘चलचित्र कुन मोबाइलले कति राम्रो खिचेको छ भन्नुभन्दा पनि चलचित्रले के भन्न खोजेको छ भन्ने आधारमा उत्कृष्टमापन गरिनेछ ।’ यो प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले मोबाइबाट खिची बनाएको चलचित्र आयोजकसमक्ष बुझाउन सक्नेछन् । चलचित्रको अधिकतम समय तीन मिनेटको हुनुपर्ने बताइएको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई ७५ हजार रुपैयाँ दोस्रो हुनेलाई सामसुङ ट्याब ३ भी र तेस्रो हुनेलाई टचकन ट्याब पुरस्कार दिइनेछ । साथै उत्कृष्ट चलचित्रहरूलाई सिनेमाघर एपमा राखिनेछ । धेरै हेरिएको चलचित्रलाई अडियन्स च्वाइस अवार्ड आईप्याड ९.७ इन्च प्रदान गरिने जानकारी कार्यक्रममा दिइयो ।
प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले माघ १७ गतेसम्म सर्वनाम थिएटर कालिकास्थान यसको साइटमा चलचित्र पठाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




