देशमा स्थानीय तहकाे चुनावी माहाेल चलेकाे देख्दा म जस्ता लाखाैँ युवाहरु बिभिन्न देश बिरानाे ठाउँकाे मरुभुमिबाट मनका अनेकाैँ राष्ट्र प्रतिकाे उत्सुकता, काैतुहल लाई मेटाउनका लागि र आफ्नो देशको हालखबर ताजा अवस्थाहरु जान्न बुझ्नको लागि विभिन्न अनलाईन मिडिया र सामजिक संजालमा आफ्नाे देशकाे समाचार पढ्न बाध्य हुन्छाैँ ।आख़िर किन पढ्छाैँ समाचार ?किन राख्छाैँ आफ्नाे देशप्रतिकाे जिज्ञासा ?

हामिलाई डर छ कतै हामि देशमा नभएकाे माैका पारी ,जस्तै एक घरमा अभिभावक नभएकाे माैका पारी शत्रुहरुले फाईदा लुट्छन् ,त्यस्तै थाेरै बाँकी रहेकाे हाम्राे देशलाई ग़द्दार, निच अनि आफ्नाे दुनाे साेझाउने बाँकी भाडभैलाे ठान्ने भ्रष्टचारी नेताकाे नाम र जनताकाे दाम मा रमाउनेले सिध्याउने पाे हुन कि ?
यस्तै यस्तै डर ,त्रास ,भय , मा देशकाे असामान्य, असहज, अस्थव्यस्थ राजनितीले गर्दा सात समुन्द्र तर्न बाध्य भएका हामी संघर्ष र मेहनतका पहाडहरुसँग लडिरहेकाे बेला देशमा राजनीति अस्थिरताले लडेकाे सुन्दा आख़िर कसकाे मन रुदैन हाेला र ?
राेएकाे मन सम्मालेर बसेका छाैँ प्रदेशमा अहिले चलिरहेकाे आ-आफ्नै हाेटबाजी अनि आफुले नै जितेर आफ्नै दुनाे साेझाउने उद्देश्यले सम्पूर्ण तपाई हाम्राे घरघरमा वस्ति वस्तिमा हात जाेड्दै आउँदै जाँदै छन् । सुन्दैछम् हामीले पनि अझ फकाएर नभए डर ,त्रास , धम्की , सँगै आफ्नाे वशमा पार्ने गरिएकाे छ रे ।
तर नडराउनुहाेस् जब हजुरहरुकाे सुन्दर शान्त चाैतारीमा भ्रष्टाचार र अनैतिकताकाे भारीका भारी बिछ्याउन आउछन् भाेट दिनुहाेस् भनी तब भनिदिनुहाेस् मुखैभरीकाे जवाफ अनि साेध्नुहाेस् उस्ले गरेकाे देश बिकाश सँगै परिवर्तन ! लक्ष्य र जनतालाई केहि राहत ! नडराई साेध्नुहाेस् अस्तिभर्खर सिमानामा मारिएका ती हाम्रा पल्लाघरे साईला दाईंकाे परिवारकाे दुख हेर्नुहाेस् । तल्लाघरे बुबाकी कान्छी प्यारी छाेरी स्कुलबाट फर्किदा लुटिएकाे ईज्जत र पुरै भविष्यमा लागेकाे दाग , अझै पछाडी हेर्नुहास् तपाइ कुनै कार्यालयमा काम गराउन जाँदा उभिएकाे लाइन त्यतिकैमा कसैकाे टेबुल मुनीबाट काम भएकाे आखिर त्यहि हाे समान हामी जनता ?साेध्नुहाेस् अझै सम्झिनुहाेस् छिट्टै फर्कि आउँछु भनी वाचा गरी गएका दाजु सानाे बाकशमा फर्की आउँदा ती भाउजुकाे पिडा र आमाकाे छातीमा मलम लगाइदिन आएका थिए त ति नेता?ती भविष्य का कर्णधार सम्झिने बिधार्थीहरु पढ्ने बेला बिजुलीकाे चर्तिकलाकाे कुरा गर्नुहास् ति बुढी आमा बृद्द भत्ता बुझ्न जाँदा पुल नभएर खाल्डाेमा खसेकाे कुरा गर्नुहा्स् । तब कसरी जवाफ दिनेछन् नेताले ?
यि त केवल एक दुई उदाहरण मात्र हुन् ।यस्ता घटनाहरु प्राय घटीरहेकाे पाइन्छ । माथी उल्लेखित नामहरु केवल प्रतिनिधि पात्र मात्र हुन् ।
कति सम्म जनताले दु:ख भोग्न परेको छ कति सम्म पिडा र समस्यामा रुमलिएर बसेको छ केवल भोग्ने र देख्नेहरुले मात्र अनुमान गर्न सक्छ।
जता सुकै असमानता र समस्याको खाडल बढीरहेको छ।

जिम्मेवार निकाय र ब्यक्तिहरु जनताको नाममा जनतालाइ नै दास बनाएर जनताकै रगत चुसिरहेका छ्न्।अनेकौ ब्यवस्था फेरिए तर जनताको अवस्था कहिले फेरिएन केवल नेताहरु र तिनका परिवार, नातागोता र आशेपासेहरुको भने अवश्य दिन फेरियो।अनेकौँ बिकासको नाममा आफ्नै निकटलाई टेण्डर पार्ने कमिसन खाने, भ्रष्टाचार गर्ने आदि आदि ।यस्तै कारण र भ्रष्ट नेताहरु भएर नै बिकास निर्माणमा कार्य अघि बढ्न नसकेको भन्दा उपयुक्त हाेला ।आखिर हामिले यो गरेन त्यो गरेन यो भएन त्यो भएन भनेर खाली नेतालाई मात्र गाली गरेर अब समय ब्यतित गर्नु मात्र पनि बेकार छ।

यसमा तपाईं हामी जनताको पनि ठुलो गल्ती छ।हामिले बेलामा नै बुद्धि पुर्याएर सक्षम, सबल, दुर्दर्शी, निस्वार्थि, परोपकारी, क्षमतावान र प्रष्ट भिजन भएको ब्यक्तीलाई पार्टी नहेरी चुनेर पठाएको भए आज यो अबस्था सायदै आउने थिएन होला।यो एउटा सबैको निम्ति गतिलो पाठ पनि हो यसबाट धेरै सिक्नु पर्छ।
पालैपालो सबै दललाई जनताले अवसर नदिएको पनि हैन।तर “जुन जोगि आएनी कानै चिरेको” भन्ने उखान चरितार्थ भयो।सत्ता र पदको निम्ति सोझो जनताहरुलाइ आश्वासन दिए र मिठो सपना बाँडे ।तर बोलेको कुरा कहिल्यै पूरा गरेनन् न चुनाब जिते पछि गाउँघरमा फर्केरै नि आए।जब चुनावको कुरा आउँछ तब यिनिहरु जनताको घर घर दैलो दैलोमा भिकारी झै दुई हात फैलाएर फेरि उस्तै तर परिमार्जित नयाँ आश्वासनका पोकाहरु लिएर जनताको अाँखामा छारो हाल्न आउछन् ।पंक्तिकारले यी कुराहरु पोखिरहँदा हामी जनताले अब कोहि कसैलाइ भोट नै नहाल्ने अथवा चुनाबमा भागै नलिने भने पक्कै हैन।जनताले आफ्नो यो अमूल्य मतदानको अधिकारलाई आत्मासात गरि अनिवार्य रुपमा उपयोग गर्नै पर्छ।झन् यो स्थानिय चुनाब १९ बर्ष पछि आएको एउता आफ्नो गाउँ/ नगरको बिकास र ब्यबस्थापनको लागि सुनौलो अवसर पनि हो।

नेता तपाई हामि जनताबाटै छानिएर जाने हुन् त्यसैले तपाई हाम्राे हातमा छ अब भन्नुहाेस् ?आफै साेच्नुहाेस्? कस्ताे व्यक्तिलाई चुन्नुहुन्छ ? हाम्राेलाई हेर्नुहुन्छ वा राम्राेलाई ?तपाइकाे हातमा छ !धेरै पटककेा असफलता सँगै हाेमिएका हामी अब त सफलताकाे हात पार्ने बेला आएकाे छ । अब पनि गल्ती गरियाे भने कतै हाम्राे जिवन यस्तै बित्दैछ भावी सन्ततीकाे बारे थाेरै भएनि साेचाैँ ।त्यसैले अवश्य पनि पहिलाकाे जस्ताे गल्ति दाेहरीने छैन आशा छ म लगाएत प्रदेशमा रहेका सबैलाई !
अब हाम्राे हाेईन राम्राे हेर्ने बेला आएकाे छ अब पाटी हाेईन व्यक्ति चुन्ने बेला आएकाे छ त्यसैले सुरुमा आफैले स्वतन्त्र छु भन्ने भान गर्नुहाेस् ।
तब स्वतन्त्र व्यक्तिले पक्कैपनि हाम्राे हाेईन राम्राेलाई चुन्छ । अनि देशले थेारै भएनी काँचुली फेर्नेछ ।

आशा गरौ सम्पुर्ण राजनितिक दलले आपसी सहमतिमा शान्तिपूर्ण तरिकाले तोकिएको समयमा नै स्थानिय चुनाब सम्पन्न गर्न उपयुक्त बाताबरणको सृजना गर्नेछन् ।
अब त सोचौ? अहिले नसोचे कहिले सोच्ने?आफ्नो बिबेक र स्वतन्त्रताको सहि सदुपयोग गरौ हाम्रो बन्द जस्तै अबस्थामा रहेको बुद्धिको बिर्को खोलौ।

(लेखक स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकताका अभियन्ता हुन )


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार