२०७५ फागुन १५ गतेअघिसम्म विद्या भट्टराईलाई राजनीतिक नेता र उहाँकासमकक्षी बाहेक अन्यले एउटा प्राध्यापकका रुपमा मात्र चिन्दथे । हुन पनिउहाँ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्रअधिकारीकी धर्मपत्नी हुनुहुन्थ्यो । राजनीतिमा टाढा रहेर त्रिविमा प्राध्यापनपेशमा सक्रिय हुनुहुन्थ्यो । आफ्ना पति मन्त्री भए पनि उहाँले आफ्नो कामछोड्नुभएन । कहिल्यै पतिको हैसियतको उन्माद देखाउनुभएन ।
एउटी अशल बुहारी, जीवनयात्रा रुपी रथको मजबुत पाङ्ग्रा, देवर–देवरानीहरुका स्नेही भाउजु अनि छोराहरुको ममतामयी माताका साथमाविद्यार्थीहरुका पृय अध्यापकका रुपमा उहाँले आफूलाई उभ्याइरहनुभयो, सामाजिक काममा सक्रिय भैरहनुभयो, आफ्नो ज्ञान र क्षमता देशभित्र रबाहिर बाँडिरहनुभयो ।
एउटी गृहिणी, सामाजिक अभियन्ता अनि अध्यापकका रुपमा सरलजीवनयापनका क्रममा अचानक देशको ढुकढुकी बनिरहेका, विकास रसमृद्धिको अभियान छेडिरहेका, जस्तासुकै विवाद र आरोपहरुको डटेरसामना गर्दै आफ्नो लक्ष्यमा निरन्तर लम्किरहेका जीवनसाथी रवीन्द्रकोकार्यक्षेत्रमा रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएकोहेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उहाँले चाल्नुभएको राजनीतिकअभियान र विकास तथा समृद्धिको यात्रालाई निरन्तरता दिने जिम्मेवारीनेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यालाई दिएको छ ।
धेरैलाई लाग्नसक्छ विद्यालाई पतिको मृत्युपछि सहानुभूतिको भोट बटुल्ननेकपाले उम्मेदवार बनायो । तर यो पूर्णतः गलत हो । यदि त्यसो हुन्थ्यो भनेउहाँको नाम कास्कीबाट एकल रुपमा सिफारिश हुने थिएन । उहाँकोराजनीतिक यात्रा र उहाँले गर्नुभएको त्यागको कदर गर्दै पार्टीले उम्मेदवारबनाएको हो ।
स्व. रवीन्द्र अधिकारीको विकास प्रेम, समृद्धिको खाका र उहाँले मुलुककोसमृद्धिका लागि हिंड्नुभएको अविचलित यात्रालाई पछ्याउने सबभन्दाउपयुक्त पात्र विद्या नै भएकाले नै पार्टीले उम्मेदवार बनाएको हो र यो तमामकास्केलीको भावना पनि थियो । राजनीतिक रुपमा प्रतिस्पर्धा एउटामहत्वपूर्ण पाटो त छँदैछ तर विद्याको राजनीतिक चेत, उहाँको संघर्ष, उहाँमारहेको ज्ञान अनि सरल जीवनशैलीले जो कोही प्रभावित हुन्छन् । विपक्षीलेपनि सम्मान गर्ने छवी उहाको छ ।
२०२९ साल कार्तिक २९ गते काठमाडौंमा जन्मनुभएकी विद्या १२ वर्षकोकलिलो उमेरमै राजनीतिमा होमिनुभएको थियो । विद्यार्थी राजनीतिमा उचाईचढ्दै गर्दा रवीन्द्र अधिकारीसंग विवाह गरेपछि सक्रिय राजनीतिबाट विश्रामलिएर घर–परिवारको जिम्मा लिंदै रवीन्द्रको राजनीतिक यात्रालाई सहजबनाइदिनुभयो उहाँले । आफ्ना पति रवीन्द्रको अकल्पनीय निधनपछि उहाँलेआफूलाई राजनीतिमा सक्रिय बनाउनेबारे कुनै चासो राख्नुभएको थिएन ।उहाँमा पदको आकांक्षा पनि थिएन र कसैले निर्वाचनका कुरा गरे आफूलेकेही निर्णय नगरेको बताउँदै आउनुभएको थियो । तर देशको विकास रसमृद्धिका लागि आफ्ना पति स्व. रवीन्द्र अधिकारले साँच्नुभएका सपना, बनाउनुभएका योजनाहरुलाई मूर्तरुप दिन ‘रवीन्द्र अधिकारी फाउण्डेशन’कोअध्यक्ष बनेर समाज विकासको यात्रामा सघाउने घोषणा गर्नुभएको थियो ।
राजनीतिक सक्रियता
विद्यालय जीवनमा १२ वर्षको उमेरमै सक्रिय राजनीतिक कार्यक्रम रआन्दोलनमा सहभागी हुनुभएकी विद्या २०४२ सालमा पशुपति मित्र माविचावहिल काठमाडौंमा ७ कक्षामा अध्ययनरत रहँदाकै अवस्थामाअनेरास्ववियुले आयोजना गरेको सरसफाई आन्दोलन हाजिरी जवाफवक्तृत्वकला र वृक्षारोपण आदिमा सक्रिय हुनुहुन्थ्यो ।
२०४५ सालमा भारतले लगाएको नाकाबन्दी विरुद्धमा अनेरास्ववियुलेआयोजना गरेको आन्दोलनका कार्यक्रमहरुमा विभिन्न स्कुलहरुमाविद्यार्थीलाई संगठित गर्ने अभियानमा लाग्दै आफ्नो राजनीतिक चेतलाईनिखार्नुभएकी उहाँले २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिककमिटिमा आबद्ध हुदै सक्रिय रुपमा सहभागी हुनुभयो ।
२०४७ सालमा अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंकोकोषाध्यक्षमा निर्वाचित उहाँले काठमाडौंका विभिन्न ठाउँहरुमा महिलालाईसंगठित गर्न सक्रिय हुनुभयो । सोही साल जनसांस्कृतिक परिवारको सदस्यहुँदै नेकपा (एमाले)को संगठित सदस्य बन्नुभयो ।
२०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामासम्पन्न एघारौ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषदमा निर्वाचित विद्या २०४८मा १८ वर्षकै उमेर नेकपा (एमाले) वडा कमिटी सदस्य बन्नुभएको थियो ।२०४९ मा पद्मकन्या क्याम्पस स्ववियुमा सभापतिमा उम्मेदवारी दिनुभयो भने२०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा सक्रिय हुनुभयो ।
महिला र विद्यार्थी मोर्चामा सक्रिय रहँदाकै अवस्थामा उहाँ २०५५ माअनेरास्ववियुको केन्द्रिय सचिव बन्नुभयो । २०५६ मा अखिल नेपाल महिलासंघ केन्द्रिय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवीपरिषदको सदस्य बन्न सफल हुनुभयो ।
२०५६ साल असार २६ गते उहाँले तत्कालीन विद्यार्थी नेता रवीन्द्रअधिकारीसंग जनवादी विवाह गर्नुभयो । त्यसपछि उहाँको जीवनले अर्कोमोड लियो । सक्रिय राजनीतिबाट थोरै विश्राम लिएर परिवार, अध्ययन रअध्यापन पेशामा सक्रिय हुनुभयो । २०५८ मा कास्कीको पृथ्वी नारायणक्याम्पस, पोखराबाट प्राध्यापन पेशा सुरु गर्नुभयो । २०५९ सालदेखिआंशिक शिक्षकका रुपमा प्राध्यापन पेशा सुरु गर्दै विभिन्न अध्ययन रअनुसन्धानका कामहरुमा सहभागी हुनुभएकी उहाँले महिला विरुद्ध हुने घरेलुहिंसा, सुरक्षित मातृत्व, महिला नेतृत्व र विकास, अन्तर्राष्ट्रिय महिलामहासन्धि र नेपालको अवस्थाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकाकार्यशालाहरुमा कार्यपत्र पेश गरेर आफ्नो बौद्धिकता प्रदर्शन गर्न सफलहुनुभयो ।
विद्या भट्टराई स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी भएर मात्र हैन यो देशलाईआवश्यक पर्ने एउटा जनप्रतिनिधिमा हुनुपर्ने सबै क्षमता भएर नै उम्मेदवारबनाएको हो भन्नेमा कसैले विमती नराख्दा हुन्छ । उहाँको ज्ञान, क्षमता रकार्यशैली अनि नेतृत्व गर्नसक्ने क्षमता र जनतामा भिजेर काम गर्नेकुशलताले नै उहाँलाई यो जिम्मेवारी दिएको हो ।
उहाँको राजनीतिक पृष्ठभूमिका बारेमा अहिलेको अधिकांश नेता परिचित नैछन् । यो पुस्तामा केही भ्रम हुनसक्ला तर उहाँले विद्यार्थी र महिलाआन्दोलनमा निर्वाह गर्नुभएको भूमिका र सक्रियता नेकपाको इतिहासमाअमेट रुपमा रहेको छ । केही समय निस्क्रिय देखिए पनि उहाँमा प्रचूरराजनीतिक अनुभव रहेको छ । एउटा सवारीचालकले केही समय सवारीनचलाउँदैमा आप्नो ज्ञान बिर्सदैन भनेजस्तै विद्या अब आफ्नो राजनीतिकअनुभव र आफ्ना पति स्व. रवीन्द्रको सपना साकार पार्ने दृढ संकल्प बोकेरचुनावी मैदानमा उत्रनुभएको छ ।
देशको राजनीतिक परिवर्तन होस् वा सामाजिक विकृति–विसंगतीत्यसबिरुद्ध सद्धा सक्रिय रहने विद्यामा अनेरास्ववियु प्रारम्भिक कमिटी, जिल्ला कमिटी अंचल कमिटी हुँदै केन्द्रिय कमिटीमा काम गरेको अनुभव छ ।प्राध्यापन पेशामै रहँदा २०६२।०६३ को आन्दोलनमा सक्रिय सहभागिताजनाउनुभएकी उहाँ २०६४ मा नेकपा (एमाले केन्द्रिय) संघीय मामला विभागसदस्य बन्नुभयो ।
त्यस्तै २०६२ देखि २०६४ सम्म उच्चशिक्षा पाठयक्रम निर्माण समितिकोसदस्य तथा २०६६ मा नेकपा (एमाले) प्राध्यापक इलाका कमिटीमासामुदायिक क्याम्पसका तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष बन्नुभयो ।
२०६७ देखि २०७० सम्म सार्क स्तरीय महिला सञ्जालमा वकालत गर्नेसामाजिक संस्था “वियोण्ड वेइजिङ कमिटी”मा कार्यक्रम सयोजककोरुपमा कार्यरत उहाँले २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाटसमाजशास्त्रमा एमफिल गर्नुभयो । त्यसपछि त्रिविको खुल्ला सेवा आयोगपरीक्षा पास गरी स्थायी रुपमा उपप्राध्यापक पदमा उत्तीर्ण हुनुभयो ।त्यसयता उहाँ निरन्तर प्राध्यापन पेशामा सक्रिय हुनुहुन्छ ।
विद्या भट्टराईको उम्मेदवारी चयनमा पार्टीभित्र कुनै विमति नहुनु नै उहाँको राजनीतिक योग्यता र योगदानको कदर हो । उहाँले चाहनुभएको भए यसअघि नै लाभका पद लिन सक्नुहुन्थ्यो विद्यार्थी नेताका रुपमा उहाँलेदेखाएको सक्रियता र उहाँको योग्यताले कुनै पनि लाभको पद उहाँका लागिटाढा थिएन तर उहाँले त्यसलाई महत्व दिनुभएन । तर विधिको विडम्बनाआज उहाँ त्यही राजनीतिक मैदानमा उभिनु परेको छ । आफ्ना पति स्व. रवीन्द्र अधिकारीको सपना पूरा गर्न उहाँकै पदचाप पछ्याउन अनि जनतामा परेको पीडामा मलहम लगाउन र जनतामा रहेको विकासको भोक मेटाउन ।
यादब देवकोटा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




