{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1599192505760","source":"other","origin":"gallery"}

कोभिड १९ ले जनजिवन अस्तव्यस्त बनाई रहेकै छ, तर पनि म भने यस्ता काम गर्नतिर लागेको छु ।

कोरोना सगै समय र परिस्थितिले दु:ख पाएका दाजुभाईदिदी बहिनीहरुलाई सहयोग गर्न नारिता एयारपोर्ट जाने आउने गर्छु त्यसैगरी जापानिज भाषाको समस्या पर्दा होस वा नेपाल जान आवस्यक पर्ने विविध परिक्षण गर्न मात्रै होईन सन्तान जन्माउन हस्पिटल गएका तर भाषाले अप्ठारो परेका नेपाली दिदिबहिनीहरुलाई सकेको सहयोग गर्न लागिरहेको छु । उहॉहरुको आवस्यकता हेरी हस्पिटल जानु पर्ने भए गएको छु भने अनलाईनबाट पनि सहयोग गरिरहेको छु ।
जापानबाट नेपाल गएको ( ९ वटा flight मा 7 वटा मा पुगे ) हरेक flight मा साह्रै शारीरिक, मानसिक र स्वस्थ समस्या भएकाहरुलाई स्वदेश पठाउन आँफैले सहकार्य गरेको थिए । तोचिगी मा २ महिना देखी प्यारअलैसिस बिरामी एम्बेस्सी र hospital को सहयोगमा नेपाल पठाउन सहयोग गर्न पाउदा मन हलुङगो भएको अनुभव छ । त्यसैगरी जापानमा नै २८ बर्षको उमेरमा पति गुमाउन परेको बहिनिलाई नेपाल मा भएको छोरी र परिवार सम्म पुराउन सहयोग गर्दाको अनुभव के भन्ने ?

त्यसैगरी hospital ले अब त जिन्दगी को अन्तिम अवस्था छौ भनि हरेश खाएका भाईले दिदि म परिवारको विच मर्न चाहान्छु भनेर आशु झारेको पल र ति भाईले अहिले नेपालबाट छोरा छोरी र बॉ आमा अनी आफन्तको विचबाट फोन गर्दा मेरो खुशी लागेर आउने रै छ । डाक्टरले उहॉले मन लागेको खाना दिनु भनेको भाईलाई कम्पनीबाट ०८ लाख नेपाल पठाउन सफल भएकी छौ र भाईको दीर्ध आयुको कामना गर्दछु ।

महिना देखी पार्कमा जिन्दगी बिताइ रहनु भएको एक् जना दाइको लागि pasport PCR अनी एअरपोर्ट सम्म पुराउन को लागि एअरपोर्टमा थिए | मनासिक अवस्था कम्जोर भएको बहिनिलाई क्यु स्यु बाट हनेदा सम्म ( क्यु स्यु सम्योजक देवराजजि ) ले पठाउनभएको र उहॉलाई हनेदा एअरपोर्टबाट आँफैले पिक अप गरी लिएर घरमा राख्न पाउनु र ति बहिनीको विगतको भोगाई सेयर गर्न पाउनु भोली पल्ट नारित छोडन नारिता एअरपोर्ट सम् जादा विताएको समय अनुभव कुनै शिक्षकले पढाएको पाठ भन्दा कम थिएन । त्यहि अनुभवले मनलाई अझ साहस थपिएको छ ।

जब यि सबै काम गर्छु र अबेर आएर ४ बर्षको बच्चा छोडेर बिहान ४ बजे उठेर गएका मेरा श्रीमान र छोराछोरीलाई जब भेटने समयमा बताउने गर्छु मेरो बच्चाहरुले गर्ने स्नेह सायद बताउने कुनै माध्यम छैन र म सहिबाटोमा छु जस्तो लाग्छ ।

तर मलाई धेरैले किन जान्ने भएकी रातबिरात हिडछस ? किन आपनो परिवार र आपनो काम हेर्दैनस ?
किन त कुन संस्थाको अध्यक्ष होस वा सरकारको कर्मचारी होस र भनेर पनि सोध्छन त्यति मात्रै होईन फोटो खिचाउन किन पैसा खर्च गरी नारिता र अन्य ठाउमा जान्छस ?

यि सबै भन्नेलाई धन्यबाद दिन चाहान्छु, कोभिडले मलाई सिकाएको भने कै मृत्यु कुरेर होईन भगवानले दिएको ज्ञान, सिप र करुण हामिले दुख परेको समयमा नगरे कहिले गर्ने ? एक पटक सोच्नुस त रोग सर्छ भनेर डा. नर्शहरुले काम गर्न छाडे के होला ?

अन्तमा….यो कार्य गर्नका लागि सहयोग गर्ने सबैमा मेरो अन्तर ह्रदय देखि नै धन्यबाद । यि काम गरेको आधरमा भन्छु आशु पुछेर जब मान्छेको अनुहारमा हासो आउछ नि त्यो फोटो खिचेर फेशबुकमा मैले राख्ने गरेको छु, यो कार्यमा सहकार्य गरौ ।

फेरी एक पटक सबैमा आभार ….

(संगिता अधिकारी, महिला संयोजक एनआरएनए जापान)

बिहिबार जापानभर ६५८ जनामा कोरोना संक्रमण, कुलसंक्रमित संख्या ६९ हजार नाघ्यो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार