
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकार बिरुद्द प्रदर्शन गरिरहँदा कांग्रेस समर्थकहरुले विदेशमा पनि प्रदर्शन गरेको देखियो । जुन देशलाई नेपालको आन्तरिक कुराबारे कत्तिपनि चासो छैन त्यहि देशमा आफ्नै देशको सरकार बिरुद्द प्रदर्शन गरेर बिदेशमा क्रियाशील कांग्रेस समर्थकले (जन सम्पर्क समितिहरु) कसलाई के संदेश दिए होलान म आफै सोचमग्न भएको छु ।
म राजनीतिक रुपमा कसैप्रति पूर्वाग्रही छैन, कसैप्रतिको रिस राग पनि होइन तर हिजो जहाँ जहाँ (विदेशमा) जे जे (सरकार बिरुद्द प्रदर्शन) भयो त्यसमा चित्त नबुझेकाले यो लेख लेखेको हुँ, यसलाई पुर्वाग्रहको प्रहार’ भनेर नबुझ्न नेपाली कांग्रेसका शुभचिन्तकहरुलाइ ( विशेषत: जो जापानमा हुनुहुन्छ) बिनम्र अनुरोध गर्दछु ।
हिजो जापानको जमिनमा ‘बिरोधको ब्यानर’ बोकेर जो जो उभिनु भएको थियो उहाँहरु सबै मेरा अग्रजहरु भएकाले सधै ‘श्रदाको शीर’ झुकाइरहन्छु । उहाँहरु मेरा लागि ‘अतिनै आत्मीय’ हुनुहुन्छ त्यसैले पनि सबैको राजनीतिक आस्थालाई उच्च सम्मान गर्दै मैले जान्न र बुझ्न खोजेको बिषयमा प्रवेश गर्दछु ।
हिजो नेपाली कांग्रेसले जे जे सवाल उठाएको थियो त्यो, हाम्रै देशको पिपक्षी पार्टीले आफ्नै सरकारलाई उठाएका सवाल थिए र त्यसको जवाफ पनि हाम्रै सरकारले दिने हो । अब भन्नुहोस प्रदर्शनका क्रममा तपाईहरुले बोकेको ब्यानरमा लेखिएका प्रश्नको उत्तर कसले दिने हो ? जापान सरकार या यहाँको नेपाली दुतावासले ?
भ्रष्ट्राचार हाम्रै सरकारले गरेको हो, कोरोना नियन्त्रण गर्न नसकेको हाम्रै सरकारले हो, नागरिकप्रति जिम्मेवार नभएको हाम्रै सरकार हो, अधिनायकबाद तर्फ उन्मुख भएको हाम्रै सरकार हो । यति हुनुमा जापानको दोष या जापानको भूमिका थियो ? या माथि उल्लेखित समस्याको समाधानका लागि जापानको सहयोग आवश्यक थियो ?
जापानी नागरिकहरु पनि त्यसरी सडकमा ओर्लेर प्रदर्शन गरेको मैले देखेको छैन तर हामी आफ्नो समस्या अर्कैको भूमिमा दर्शाइरहेका छौँ, अझै भनौँ आफ्नै राज्य सत्ता बिरुद्दको प्रदर्शनमा जापानी भूमिको प्रयोग गरिरहेका छौँ , कुटनीतिक सम्बन्धमा कस्तो असर या प्रभाव पार्ला ? कम्तिमा तपाईहरु जस्तो व्यक्तिले बुझिदिएको भए हुन्थ्यो भन्ने लाग्दछ । हामी जापानमा शरणार्थी भएर बसेको र नेपालले आफ्ना नागरिकलाई फिर्ता लान पहल नगरेको अवस्था हुन्थ्यो भने हो, आफ्नै सरकार बिरुद्द जापानको भूमिमा प्रदर्शन गर्दा अस्वाभाविक हुदैनथ्यो तर अहिले त्यस्तो अवस्था थिएन ।
चिबाको एक कम्पनीमा कार्यरत कामदारहरु (नेपाली) मिताकाको एक रेष्टुरेन्टमा जन्मदिनको पार्टी गरेर फर्के पछि एउटा कम्पनीमा कोरोनाको संक्रमण फैलियो, त्यसपछि ७ दिन कम्पनी पूर्ण रुपमा बन्द भयो, र अहिले पहिले देखि काम गरिरहेका बाहेक अरु नया नेपालीलाइ राख्न छोडिएको छ । त्यसको असर नारिता, फुनाबाशी, माकुहारी होङ्गो हुदै चिबा केन भरिनै फैलियो, आफ्नो विद्यालयमा अध्यनरत नेपाली बिद्यार्थीमा कोरोना देखिएपछि उक्त बिद्यालय अहिले पनि बन्द छ । यति सम्म कि चिवाका कतिपय कम्पनीहरुले आफ्ना कामदार (बिशेषत: नेपाली) लाइ भिडभाड नगर्न र भिडभाड हुने ठाउमा नजान उर्दी जारी गरेका छन्, सायद टोकियो र यस आसपासमा पनि यस्तो भएको हुनुपर्छ । मैले यो प्रसङ्ग किन यहा उठाएको हुँ भने एकजनाले गरेको लापर्वाहीको छिट्टा हरेक नेपालीको टाउको सम्म पुगेको छ ।
यसको अर्थ के हो भने हामी सत्तापक्ष कि प्रतिपक्ष भन्ने देश भित्र हुँदा हो, जातजातीका कुराकानी गर्ने हो भने पनि देश भित्रै सिमित गरौँ विदेशमा त हामी मात्र ‘नेपाली’ होइन र ? मैले गल्ति गर्दा तपाई पनि हिस्सेदार बन्न पर्दैन र ? उमेर, भोगाइ, अध्यन र अनुभवका हिसाबले पनि म भन्दा धेरै अग्रज हुनुहुन्छ त्यसैले ‘हिजोको फुल’ ले सिकाउन खोज्यो नभन्नुहोला तर कुनै कुरा गर्न भन्दा पहिले सोच्दा राम्रो हुन्छ भन्ने कुरा मात्रै हो ।
सारमा, हिजो तपाइहरु त्यहाँ उभिदै गर्दा कुनै जापानीले के हो भनेर सोधेको भए तपाइले दिने उत्तर के हुन्थ्यो ? अनि त्यो उत्तरको असर भित्र नेपालको सरकार मात्रै पर्थ्यो कि तपाइँ र हामी पनि ? बस यत्ति हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




