
विदेशबाट आउँदा सबैले ७२ घण्टा भित्रको PCR Negative Report अनिवार्य लिएर जानुपर्ने पर्ने नियम छ । यो अर्थमा हेर्दा भारत (स्थलमार्ग बाट )बाहेक अन्य देशबाट आएकाहरूमा कोरोना देखिने सम्भावना कम छ । तर नेपालमा कोरोना बढ्यो भनेर हचुवाको भरमा नेपाल सरकारले अन्तराष्ट्रिय उडान बन्द गर्यो । यो कत्तिको व्यवहारिक उपाय हो कोरोना नियन्त्रण गर्न ? हास्यास्यस्पद कुरा त के छ भने भारत जहाँ कोरोना आगो झै फेलिएको छ त्यो देश सँगको उडान भने पूर्णरूपले बन्द गरेको छैन , हप्ताको दुईदिन उडान भरिरहेको छ ।
हुनत हामी जनतापनि अत्तिनै अट्टेरी चाँही छौ है । सायद त्यहि भएर पनि जस्तो जनता त्यस्तै निर्णय गरेको होला । विदेशबाट नेपाल गएकाहरू १४ दिन होम क्वारेन्टाईन बस्नुपर्ने नियम छ । CCMC को फर्म भर्दा पनि नेपाल सरकारको नियम अनुसार क्वारेन्टाईन बस्छु भनेर मन्जुरी गरेको हुन्छ । तर नेपाल पुगेको अधिकांश व्यक्तिहरू भोलि पर्सी पल्ट देखि घुम्न निस्कने, रेस्टुरेन्ट जाने, साथीभाई भेला गरी पार्टी गर्ने, विवाह समारोहमा जाने, कार्यक्रम उद्घाटन गर्न जाने, सप्ताह लगाएकोमा सहभागी हुने आदि ईत्यादी गर्ने गर्छन् । बिदेशमा (जापानमा) भएको पो को कहाँ छन् भनेर ट्याक गर्छन् नेपालमा कसलाई फुर्सद छ र ? कसले थाहा पाउँछ र ? सायद यही मानसिकता भएको भएर आफुलाई बौद्धिक व्यक्ति भन्न रूचाउनेहरू पनि क्वारेन्टाईनको नियम पालना नगर्ने गरेको होला ।
तर त्यसो गर्छ भन्दैमा अन्तराष्ट्रिय उडाननै हुन नदिनु नेपाल सरकारको अमानवीयता, गैर जिम्मेवार र महामारीलाई कसरी नियन्त्रण गर्ने भन्ने उपयुक्त्त कदम चाल्न नसक्ने लाचारिपन हो भन्दा फरक पर्दैन । बिदेशमा बसेको कत्ति नेपालीहरू नेपाल जानै पर्ने अवस्था छ । कतिको परिवारको सदस्य बित्नु भएको छ , कतिको सिकिस्त भएर अस्पतालमा छ एकपटक भएपनि भेट्ने, हेर्नेरहर छ , कति बिदेशमा काम नपाएर तथा अन्य समस्याले गर्दा नेपाल जानै पर्नेछ , कतिको के त कतिको के छ । यस्तो महामारीमा रहरले नेपाल फर्कने त कमनै छ , करले र बाध्यताले जानुपर्ने छ तर त्यो पनि पाईएको छैन ।
त्यसै गरी नेपाल गएको धेरै व्यक्तिहरूको समस्या अझै कहालिलाग्दो छ । विभिन्न बाध्यता र कारणले बल्ल बल्ल छुट्टि मिलाएर नेपाल गएकाहरू आउन पाएको छैन। कतिको भिषा अवधि सकिन लागेको छ समयमा आएर रिन्यु नगरे समस्यामा परिन्छ , कतिको जागिरमा भनेको समयमा नपुगे जागिरनै नरहने स्थिति छ , कतिको कलेज पुग्नुपर्ने छ , कतिको परिवार भेट्नुछ । यस्तै यस्तै समस्या धेरै छन् तर नेपाल सरकारका नियम बनाउने बिद्वानहरूलाई यस्तो समस्या थाहा नभएर हो कि , थाहा पाएर पनि आफुहरूलाई सबै भन्दा सजिलो उपाय अपनाएको हो – अन्तराष्ट्रिय उडान केही समयको लागि स्थगित गर्दिएको छ । हुन पनि हो, उडाननै रोकिदिएपछी अरू टन्टा गर्नै नपर्ने , काम गर्नै नपर्ने । बन्द छ भन्यो घरमा रमाईलो गरी बस्यो, आउने तलब आईहाल्छ । वाह ! क्या मज्जा छ है !!
सुरूमा एक हप्ता उडान स्थगित गर्यो , फेरी १५ दिन थपेको छ र त्यस पछी पनि खोल्छ जस्तो लाग्दैन । त्यसैले नेपाल सरकारका पदाधिकारीलाई सुझाव छ, अन्तराष्ट्रिय उडान रोक्नु मात्र अहिलेको महामारीको समाधान होईन । विश्वमा धेरै देश नेपाल भन्दा बढी कोरोना संक्रमितहरू छन् , तर पनि त्यो देशले पुरै अन्तराष्ट्रिय उडान रोकेको छैन , कम्तिमा आफ्नो देशको नागरिकलाई आउन दिएको छ । यही जापानमा पनि , जापान पुगिसकेछी पालना गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै, क्वारेन्टाईनको नियमलाई कडाई गर्दै विदेशबाट यात्रु भित्र्याएको छ । सरकारको नियम हुबहु पालना गर्ने देशको नागिरक कमनै हुन्छ तर नियम कडा बनाईदिने हो भने नमानेर पनि सुख छैन ।
नेपालमा पनि विदेश बाट आएकाहरूलाई १४ दिनको क्वारेन्टाई कडाईको रूपमा पालना गर्न लगाउने । यदी नियम उल्लंघन गर्छ भने त्यस्ता व्यक्तिहरूलाई जेल सजाए देखि लाखौको जरिवाना तोकौ । अनुगमन गर्ने संयन्त्रलाई चुस्तदुरूस्त पारौं । त्यस्तै परे आधारभूत सुविधा दिएर निश्चित स्थानमा क्वारेन्टाईन राखौं । तर कोरोना नियन्त्रणको नाममा अन्तराष्ट्रिय उडान चाँही बन्द नगरौं । यो नियन्त्रण होईन अमानवीय कार्य हो, आफ्नो नागिरक प्रति गैर जिम्मेवार हो , लाचारिपन हो ।
( शिव तण्डुकार यि र यस्तै समसामयिक विविध विषयमा कलम चलाउँने गर्दछन् ।)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




