हाम्रो देशमा बढदै गएको बिकृति मध्ये बलात्कार पनि एक हो । वर्षौँदेखि यहाँ बलत्कार भैरहेको छ तर न त आज सम्म बलत्कारको छिनोफानो हुन सकेको छ न त न्यायनै पाएको छ । बलत्कार भयो भन्ने बित्तिकै त्यसको द्वोषी पुरुष नै हो या हुन्छ भन्ने मानसिकता हामीमा हाबि छ । हो बलत्कारका द्वोषी पुरुष नै हुन्छन अधिकतम घटनामा तर सँधै त्यहि कुरा सत्य नहुन नि सक्छ ।

पहिले बुझ्न जरुरि छ कि बलात्कार के हो ?

बलात्कारपछि निर्मला पन्तको हत्या गरिए यताको समयमा दैनिक सरदर ६ जनाभन्दा बढीको बलात्कार भएको उजुरी परेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । निर्मला भागिरथा जस्ता कयौ बालिकाको बलत्कार पछि हत्या भएको छ । बलत्कार भनेको कुनै पनि नारि वा पुरुसलाइ जबरजस्ति गरि उसको इच्छा बिपरित शारिरिक दबाब दिएर गरिने सारिरिक शोषण हो । मुख थुनेर कपडा च्यातेर रगत्ताम्मे बनाएर कोठा थुनेर अनि उनका चित्कारलाइ दबाएर गरिएको शारिरीक शोषणलाई बलत्कार भन्ने हो चाहे त्यो उमेर पुगेको होस या उमेर नपुगेको ।

साच्चै भन्नु पर्दा निर्मला र भागिरथा जस्ता कयौँ बालिकाको बलत्कार नै भएको थियो तर न्यायका लागि देशै उर्लिदा पनि आजसम्म बलत्कारीले सजाय र पिडितले न्याय पाएको अवस्था छैन । तर आजकल यो बलत्कार पनि एउटा खेल भए जस्तो भाको छ । राजनैतिक छत्रछायाँमा परेको ब्यक्तिले बलत्कार गरे ति बलत्कारी नै गुमनाम भैदिन्छन तर जो ब्यक्ति इमानदारी साथ आफ्नो जिवन चलाएका हुन्छन तेस्ता मान्छे भने क्षण भरमै कठघरामा पुर्याइन्छन् ।

हुन सक्छ सन्दिप द्वोषी नै छन । तर निर्दोष पनि त हुन सक्छन नि । बलत्कारको परिभाषा त घुम्न जाने रमाइलो गर्ने , होटल जाने बियर खाने अनि घण्टौ दुबैको इच्छा र सहमतिमा सङ्गै बस्ने/सुत्ने अनि केहि समय पश्चात मलाइ बलत्कार भयो भन्ने त हैन होला । अब नारी मात्र हैन एउटा नाम प्रतिष्ठा कमाएको कुनै पुरुष पनि हाम्रो देशमा सुरक्षित छैन भन्ने कुराको प्रमाण हो यो । म नारीको बिरुद्धमा यो कुरा बोलिरहेको छुइन तर नारिले नियतबस गरेका घटनाको बारेमा बोल्दैछु । जब सम्म एउटा नारी शारिरिक सम्बन्धको लागि तयार हुदिनन तब सम्म आफ्नै श्रीमती नै किन नहोस पुरुसले शारिरिक सम्बन्ध स्थापना गर्न सक्दैन । बलत्कार हुनु अघि घुम्न जाने वा सङ्गै बसेर खाने कार्यक्रम हुदैन । जब एउटा पुरुस सङ नारीले र नारीले पुरुस सङ समझदारीमा सहमतिमा शारिरिक सम्बन्ध राक्छिन भने त्यो बलत्कार हुदैन । उनिहरु बिच सहमतिमा ति कार्य भएका छन अनि अहिले शारिरिक परिक्षण गरेर सम्बन्ध भएकै हो भन्ने प्रमाण नै बलत्कार हुदैन । उनिहरु बिच सम्बन्ध त भएकै हो तर जबरजस्ति हैन मिलेमतोमा हो भने त्यो बलत्कार हैन ।

कुनै पनि नारी आफु बलत्कृत हुन जानि जानि होटलको रुममा चुकुल लगाएर घण्टौ बस्दिनन । त्यो बस्नु बलत्कार हैन । हरेक पुरुष बलत्कारी हुदैन जो बलत्कारी हो त्यो हाम्रो देशमा पत्ता नै लाग्दैन र जहा सडयन्त्र पुर्वक फसाउन खोजिदैछ त्यो चाडै पत्ता लाग्छ । त्यसैले अब नारीहरु हैन पुरुष असुरक्षित छन यो मामलामा । नत्र आज सम्म निर्मला र भागिरथाको बलत्कारी किन पत्ता लाग्दैन । अब सन्दिपलाइ सजाय हुनु अघि निर्मला र भागिरथा जस्ता सयौ युवतिहरु जस्को बलत्कार नै भएको हो जसलाइ जबरजस्ति नै गरिएको हो तिनको दोषिलाइ सजाय र ति पिडित लाइ न्याय पहिला हुनु पर्यो ।

अन्त्यमा यहि भन्छु कि बलत्कार जो सुकैले गरेको होस जो कोहि को भएको होस बलत्कारीलाइ फासि र अस्लि पिडितलाइ सहि न्याय हुनु आवस्यक छ । बलत्कारीलाइ सहि सजाय नभएका कारण आज दिनानुदिन बलत्कारका घटना बढदैछन । बलत्कार त्यहि हो जो जबरजस्ति र इच्छा बिपरित गरिन्छ । “बलात्कार र यौन दुर्व्यवहारमा पितृसत्ताको मात्र दोष छैन । यो सोच मात्र पालेर यस्ता घटना कम हुँदैनन् । हामीले हाम्रा नानीहरूलाई घरैदेखि यौन दुर्व्यवहारबारे उचित शिक्षा दिनुपर्छ चाहे त्यो बालक होस् वा बालिका”।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार