अहिले चुनावि माहोल छ! नेता तथा कार्यकताहरुको हानथाप र नारावाजी चलिरहेको अवस्था छ ! भोट मलाई दिनुस् , मेरो पार्टिलाई दिनुस् हामी तपाइको समस्यालाई सम्बोधन गर्छौ ,हल गर्छौ साथै यो विकास गर्छौ त्यो विकास गर्छौ भन्दै अघिल्ला निर्वाचनहरुमा जस्तै आशा र अभिलासा लिएर नेताहरु जनताको घर घरमा जाने र मत माग्ने होडबाजि नै चलिरहेको छ ! त्यसैले पनि नेता ,कार्यकता र सर्वसाधारण जनताहरुमा काउकुति लाग्नु स्वभाविक नै होला ।
पहिलो संविधान सभाको निवार्चन २०६४ पश्चात पनि हामीले २०७० , २०७४ का चुनाबहरुमा पनि जनताका सुखि जिवन , दिगो विकास ,सामाजिक र आर्थिक समस्याको उत्थान आशा अभिलाशा र नेताहरुले जनताप्रति दिएका आश्वासनहरु पनि उस्तै नै थिए ! हामीले देख्दै भोग्दै आएका नै छौँ ति कहालि लाग्दा समय र परिस्थितिलाई र अहिले पनि ति समस्याहरु जस्ताका तेस्तै छन् नेताहरुको बोलि अहिले पनि उस्तै हिजोका दिनहरु जसरी गुज्रिए पनि २०७४ को निवार्चन पछि दुई ठुला पार्टि, नेकपा एमाले र माओवादि केन्द्रको एकता ‘ एकिकरण , दुई पार्टिको सयुक्त सरकार मुलुकमा संघियताको अभ्यास संगै जनतामा अब देशको मुहार फेरिन्छ’ हाम्रा समस्याहरुको हल हुन्छ , हामी बहादुर नेपाली त छदैँ थियौ अब सुखि र खुसि नेपाली भन्ने दिनहरु उदाउनेछन् , देशले विकाशको गति लिनेछ , सर्वसाधरण जनताले निकास पाउनेछन् हामी विश्व सामु सुखि नेपाली र समृद्ध राष्ट्रको चिनारीमा ठाडो शिर छाति चाडा गरेर हिड्नेछौ , हामी अब विदेशिनु पर्दैन , आफ्नै देशमा रोजगार र कैयौँ अवसरहरु सृजना हुनेछन् , यस्तै-यस्तै थुप्रै आशा र विश्वास गरेका थियौ सरकार प्रति तर ति आशा र भरोसालाई नेताहरुले ५ वर्ष नपुग्दै एक अर्कामा आरोप प्रत्यारोप लगाएर सपना मै सीमित बनाईदिए।
त्यसैले हामीले जिताएका नेता र राजनितिज्ञहरुले जनताको समस्यालाई कसरी नियाँलेका थिए र समाधानको निकाशलाई कुन तरिकाले अघि बढाएका थिए यि कुराहरुलाई मनन गरी नागरिकहरुले आफ्नो स्वविवेक प्रयोग गरेर यसपाली मतदान गर्न जरुरी देखिन्छ।
देशमा विकाशले कस्तो गति लियो, के कति रोजगारीका अवसरहरु सिर्जना भए भन्ने कुरा पनि हामीले देखेका नै छौँ त्यसैले खासै धेरै लेख्न र भन्न पर्छ जस्तो लाग्दैन! देशमा संघियताको दोश्रो अभ्यास स्थानिय निर्वाचन सके लगत्तै प्रदेश र प्रतिनिधि सभाको निवार्चन तयारीमा हुमिदै गर्दा जनताका माग उस्तै छन् , उहीँ पुराना अनुहार लिएर भोट दिनुस् भन्दै नेताहरु गाँउ- गाउँ डुल्दै जनतालाई मिठो बोलिमा आफुतिर केन्दृत गर्ने प्रयास गरिरहेका छन।शान्ति सुब्यवस्था कायम भएको १७/१८ बर्ष बितिसक्यो ५ ,६ ओटा सरकार फेरियो तर जनताका माग पुरा हुन सकेका छैनन मात्र नेताहरुको घर परिवार र आफन्तका जिवनशैलि फेरिएको छ।
अब गम्भिररुपमा सोच्ने समय आएको छ। अहिले नसोचे कहिले सोच्ने ? आज नगरे कहिले गर्ने ? नेताहरुको भोलि त बोलिमा मात्र सीमित देखियो।जय भोलि निबन्धको बारेमा खासै भन्नै नर्पला ! यि नेताहरुलाई देख्दा देख्दै, चिन्दा चिन्दै पनि राजनीतिक काउकुति लाग्नु हामी नेपाली जनताको हैसियत यहिँ हो त ? सोच्न जरुरी रहेको छ। हामीले अझै पनि नेताहरुको झुठा बोलि ,ब्यबहार, कार्यशैलि , योग्यता ,क्षमता ,बौद्धिकता सँग जानकार भएर पनि उनिहरुकै पछि लाग्नु, उनिहरुले नै विकास गर्छन् भनेर विश्वास लिनु , उनिहरुलाई भोट माग्दै प्रचारबाजी गरिरहदाँ हामीले पनि केहि कुरा सोच्ने कि? आजको शिक्षित र सभ्य जनतालाई यस्तो प्रवृतिको राजनीतिकको काउकुति लाग्नु कतिसम्म उचित होला? यसले हामिलाई कहाँ सम्म पुर्याउला?
पटक पटक सांसद, मन्त्रि ,प्रधानमन्त्रि बनिसेकेका नेताहरुको चुनावि समयमा मात्रै मिठो बोलि ,बचन ,ब्यबहार र आर्थिक प्रलोवनमा परेर तिनिहरु प्रति नै आकर्षित हुनु हाम्रो ठुलो भुल हुनेछ ! नत त्यसले हामिलाई शुसाशन सम्वृद्धि र खुसिको आधार नै तय गर्छ न त आउने सन्ततिको लागि त्यसैले हामी यतिबेला निकै सचेत र सजक बन्न जरुरी रहेको छ। धेरै पटक हामीले विश्वास गरेर कैयौँ नेता र राजनीति दलहरुलाई राष्ट्र निर्माणको तहमा पुर्यायौँ तर उनिहरुले जनताको मनोभाव र राष्ट्रियता माथि खिल्लि नै उडाइदिए त्यसैले हामी नागरिक नै संयतित भएर पार्टीगत भन्दा पनि सक्षम , बौद्धिक र दुरदर्सिता सहितको प्रष्ट भिजन भएको योग्य उम्मेदवारहरुलाई मतदान गरौँ! यस्ता उम्मेदवारहरुको विजयले देशलाई भौतिक रुपमा मात्र नभई नीतिगत रुपमा पनि विकास र सम्वृद्धिको लागि टेवा पुर्याउन महत्तपुर्ण भुमिका खेल्दछ त्यसैले आदरणीय आमाबुबा ,दाजुभाई दिदि बहिनीहरु लगायत सम्पुर्ण नेपाली नागरिकहरुमा यसपालीको चुनावमा सहि र योग्य उम्मेदवार लाई मतदान गरी विजय गराउन यो परदेशि भुमीबाट हार्दिक अनुरोध गर्दछु।
अन्जान कुमार बस्नेत ( उत्तम) कालिनचोक-६ , दोलखा
हाल जापान ओसाका
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




