राष्ट्रवादको उल्टो गंगा
नेपाली राष्ट्रवादीहरुको रवैया पनि भारतीय अतिहिन्दुवादी भन्दा कम छैन। हालैको पृथ्वीजयन्ती र कथित टोपी दिवसमा अभिव्यक्त विचारहरुबाट स्पष्ट हुन्छ। कथित टोपी दिवसका दिन नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले अरु समुदायको पनि सम्मान हुनुपर्छ भनी ट्वीट गर्दा उनीविरुद्ध चर्को रुपमा प्रहार भयो। पृथ्वीनारायण शाहको एकीकरण अभियानविरुद्ध प्रश्न गर्नेहरु विरुद्ध पुष २७ गते तिनै ट्वीटेहरु खनिनुसम्म खनिए। प्रज्ञाप्रतिष्ठानमा आलोचनात्मक प्रश्न...

