मदन ढुङ्गाना
माघ १० गते बुधबार पानी परेपछि यसवर्ष पहिलोपटक कालिञ्चोकमा हिउँ पऱ्यो । र, हिउँ परेपछि काठमाडौंदेखि मानिस हिउँ खेल्न कालिञ्चोकतिर निस्किए । हिउँ परेसागै कालिञ्चोकको कुरी भ्यालीलाई थप मनमोहक बनाएको छ ।

दोलखाको कालिञ्चोक गाउँपालिकामा पर्ने कालिञ्चोक भगवती मन्दिर परिसर र कुरीक्षेत्रमा पर्यटक पुगे ।
कसरी जाने कालिञ्चोक ?
दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा पर्छ, कालिञ्चोक भगवती मन्दिर र कुरी भ्याली । काठमाडौंको पुरानो बसपार्कबाट बस चढेर १ सय ३३ किलोमिटरको यात्रामा दोलखाको सदरमुकाम चरिकोट पुगिन्छ ।
पक्की सडक भएकाले बिस्तारै गएपनि करिब ५ घण्टाको यात्रामा चरिकोट पुग्न सकिन्छ । चरिकोटबाट १८ किलोमिटर उत्तरतर्फ फोर ह्वील सवारीसाधनबाट करिब १ घण्टा २० मिनेट कच्ची सडकको यात्रामा कालिञ्चोकको फेदीमा रहेको कुरी भ्यालीमा पुग्न सकिन्छ ।
चरिकोटबाट कुरी जाँदा जाडो मौसम र केही दिनअघि मात्रै पानी परेको भए हिँउमा खेल्दै जान पाइन्छ भने चैत वैशाखको समयमा बनभरी फुलेका रङ्गीचङ्गी लालिगुराँसका फुलहरुले तपाईंलाई आकर्षित गर्नेछ ।
यदि तपार्ईं सवारीसाधनको चेपाई र प्रदुषणबाट मुक्त हुन चाहनुहुन्छ भने चरिकोटबाट करिब ५ घण्टाको उकालो बाटो हिँडेर पनि कुरी भ्यालीमा पुग्न सक्नुहुनेछ । तपाईंसँग आज एक दिनको समय छ भने कुरी भ्यालीमै रहेको होटलमा बास बस्नुहोस् । कुरी भ्यालीमा करिब ४० वटा होटलहरु सञ्चालनमा छन् ।

यहाँ सामान्य होटलदेखि डिलक्स रुमसम्मको व्यवस्था छ । यहाँ सादा नेपाली खाना, लोकल कुखुराको मासु, ढिँडो, राँगा वा चौंरीको सुकुटी लगायतका परिकार तपार्ईंको खाना हुनेछ । केही होटलहरुमा तपार्ईंँले शहरमा पाउनुहुने ‘मेनु’ पनि भेट्नुहुनेछ ।
भोलिपल्ट झिसमिसेमै तपार्ईं कुरीबाट उकालो लाग्नुहोस् । करिब १ घण्टाको उकालो बाटो पार गरेपछि तपार्ईं कालिञ्चोक डाँडामा पुग्नुहुनेछ । यो डाँडा ३ हजार ८ सय ४२ मिटर उचाइमा छ । यदि तपार्ईं दमको रोगी हुनुहुन्छ वा लेक लाग्ने सम्भावना छ भने पूर्वतयारी पनि पहिले नै गर्नुहोला । जाडो भए समयअनुसार आवश्यक कपडाको पनि बन्दोबस्त गर्नुहोला ।

कालिञ्चोक भगवतीको मन्दिर परिसर पुगेपछि तपाईंँले हिउँ परेको समयमा यस्तो दृश्य देख्नुहुनेछ ।
यदि तपाईंले पुजाको सामग्री घरबाटै ल्याउनुभएको भए पुजा गर्नुहोस् र छैन भनेपनि तपार्ईं यही डाँडामा रहेको पसलबाट पुजा सामग्री किनेर कालिञ्चोक भगवतीको दर्शन गर्न सक्नुहुनेछ ।
कालिञ्चोक भगवतीको महत्व ?
धार्मिक दृष्टिकोणले कालिञ्चोक भगवतीको ज्यादै महत्व छ । पार्वतीले महादेव स्वामी पाउँ भनेर तपस्या गरेको भूमि मानिन्छ, कालिञ्चोक भगवतीलाई । हिमालय पर्वत माइती भएकी पार्वतीले गौरीशंकर क्षेत्रमा ध्यानमा रहेका महादेवलाई देख्नेगरी कालिञ्चोकको डाँडामा तपस्या गरेको किंवदन्ती छ । त्यही भएर पनि नेपाली तथा भारतीय हिन्दु धर्मावलम्वीहरुले सम्भव भएसम्म एकपटक कालिञ्चोक भगवतीको दर्शन गर्ने गरेका छन् ।

कालिञ्चोक भगवतीलाई भगवतीका सात दिदीबहिनीमध्येको एक समेत भनिने गरिएको छ । त्यही भएर पनि यहाँ पूजाआजाका लागि दैनिक जसो तिर्थयात्रीहरु आउने गरेका छन् । कालिञ्चोक भगवतीको दर्शन गरेर भाकल गरेपछि मनले चिताएको पुरा हुने जनविश्वाससमेत छ । परापूर्व कालमा कालिञ्चोक क्षेत्रबाट भेडाबाख्रा हराएमा कालिञ्चोक भगवतीको नाम पुकारेपछि सोही क्षेत्रमा हराएका भेडाबाख्रा भेटिने गरेको किंबदन्तीसमेत छ ।
कालिञ्चोक डाँडालाई पानीको श्रोतकारुपमा पनि लिइन्छ । मन्दिरको पूजा गर्ने स्थानमा एउटा जल कुण्डसमेत छ । सोही जलकुण्डको दायाँ अर्थात् पूर्व दिशाबाट तामाको धारा भएर तामाकोशी र बाँया अर्थात् पश्चिमबाट सुनको धारा भएर सुनकोशी बगेकोसमेत किंवदन्ती छ ।

कालिञ्चोकको डाँडाबाट देखिने हिमालका सुन्दर दृश्यहरुले मन पुलकित बनाउेछ । मन्दिरको डाँडाबाट देखिने कुरी भ्यालीको दृश्य त झनै हेर्नलायक हुनेछ । कालिञ्चोक डाँडा आसपासका क्षेत्रमा स्केटिङ र गल्फ खेलका लागि पनि राम्रो सम्भावना छ । हिँउ खेल्न वा वा दैनिक ब्यस्त जीवनबाट रिफ्रेस हुनका लागि पनि दोलखाको कालिञ्चोक र कुरी भ्याली एकपटक पुग्नैपर्ने स्थान हो, चाहे धार्मिक आस्थाका काण होस् या प्राकृतिक सुन्दरताका लागि ।
केवलकार बन्दै
कालिञ्चोक भगवतीको दर्शन सजिलो होस् भनेर कालिञ्चोक दर्शन प्रालिले केवलकार निर्माण गरिरहेको छ । कुरी भ्यालीबाट कालिञ्चोक भगवतीको मन्दिरसम्म पुग्न ३ वटा टावर र ४ वटा गोण्डला (डब्बा) राखेर केवलकार निर्माण गरिरहेको छ । करिब ४० करोडको लगानीमा निर्माण हुादै गरेको केवलकार आगामी वैशाख १ गतेबाट सञ्चालनमा ल्याउने तयरी भइरहेको छ । बेस स्टेशनको काम करिबकरिब सकिएको छ भने टप स्टेशनको निर्माण भइरहेको छ । वैशाखमा दुईवटा गोण्डला र दशैंमा बााकी २ गरी चारवटै गोण्डला चलाउने तयारी भइरहेको यसका सञ्चालक बालकृष्ण शिवाकोटीले बताएका छन् । केवलकार चढ्नका लागि सुरुवाती समयमा प्रतिव्यक्ति ४ सय रुपैयाा लिने तयारी भएको सञ्चालकले बताएका छन् ।

खर्च कति लाग्छ ?
कति खर्च हुन्छ भन्नेमा तपाईं कतिजना जाने भन्ने प्रश्न आउँछ । काठमाडौंबाट बस चढेर जाँदा चरिकोटसम्म पुग्न प्रतिव्यक्ति ५ सय रुपैया भाडा लाग्छ । चरिकोटमा खाना खाँदा करिब २ सय खर्च हुनेछ । त्यहाँबाट ग्रुपमा गए एउटा फोर ह्वील बोलेरोको दोहोरो यातायात शुल्क करिब ६ हजार लाग्नेछ । तपार्ईंँ सोही दिन वा भोलिपल्ट फर्किएपनि भाडा त्यहीा ६ हजार नै हो । एउटा बोलेरोमा ८ जनासम्म अट्न सकिन्छ ।
तपाईंहरु ७/८ जना हुनुहुन्छ भने फोर ह्वीलको भाडा प्रतिव्यक्ति करिब ८ सय रुपैयाा पर्नेछ । कुरीको होटलमा बास खर्च एउटा डबल वेडको रुम एक ंहजारमा पाउनुहुनेछ । एउटा रुममा ३ वटा सिंगल वेड पनि पाउनुहुनेछ । सादा नेपाली खानाको १ सय ५० देखि २ सय तिर्नुपर्नेछ भने चिकन खानाको २ सय ५० देखि ३ सय रुपैयाासम्म पर्नेछ । लोकल कुखुरा खाए कुखुराको छुट्टै रकम तिर्नुपर्नेछ । करिब ढेड किलो लोकल कुखुराको मुल्य ३ हजार पर्नेछ । पूजा गर्न मन्दिर जाादा पूजा सामग्री प्रतिव्यक्ति २ सय पर्नेछ । बिहानको खाना कुरी भ्यालीमै आएर खानुभयो भने करिब २ सय लाग्नेछ ।

समय छ भने एक रात चरिकोटमा बिताउनुहोस् । त्यहाँको होटलमा डबल बेडको करिब एक हजार लाग्नेछ भने मासु खानाको करिब दुई सय । भैपरी आउने खर्चमा तपाईंले करिब एक हजार छुट्टाउनुहोला । काठमाडौं फर्कदा गाडी भाडा अर्को ५ सय रुपैयाा लाग्नेछ ।
यसरी सब हेर्दा तपार्ईं ३ दिनको बसाइमा करिब ५ हजार खर्च लिएर जानुपर्नेछ । होइन तपाईंसँग समय छैन र एकदिन मात्रै बसेर फर्कने हो भने करिब ३ हजार ५ सय भए पुग्नेछ । सकेसम्म ग्रुपमै जाादा तपार्ईंाहरुलाई सहज हुनेछ ।
रातोपाटीबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




