काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला भद्रगोलको प्रसारण रोकिने भएको छ । नेपाली हाँस्य टेलिसिरियल मध्येकै चर्चित तथा लोकप्रियमा गनिएको भद्रगोल रोकिनुको मुख्य कारण मिडिया हव प्रा.ली बनेको भद्रगोलका निर्देशक अर्जुन घिमिरेले बताएका छन् । ‘कार्यक्रम को सम्झौता अनुसार कहिलेपनी भुक्तानी भएन । केही कथित ब्यक्ति हरुको मनोमानी ले गर्दा हामिलाई कार्यक्रम उत्पादन गर्न निकै समस्या उत्पन्न गरियो । मिडिया हब को कर्मचारी भद्रगोल को निर्देशक भन्दा माथी देखियो ।’, अर्जुनले फेसबुकमा लेखेका छन् । भद्रगोल गएको शुक्रबार १५७ भाग सम्म प्रसारण भएको थियो । पछिल्लो समय समाजका चासोको बिषयलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्दै आएको भद्रगोल नेपाली युट्युव ट्रेडिङको शिर्षस्थानमा पनि धेरैपटक आइरहेको छ । यो भन्दा अघि अन्य हाँस्य टेलिसिरियल पनि यसैगरी बन्द हुँदै आएका छन् । मेरिबास्सै, जिरे खुर्सानी, तितोसत्य लगायतका लोकप्रिय टेलिसिरियलहरु पनि बन्द भएका थिए । मेरिबास्सै र जिरे खुर्सानी पुनः प्रसारण हुन थालेका छन् भने तितोसत्य सधैंका लागी बन्द भयो । भद्रगोल बन्द भएको बिषयमा मिडिया हवका सञ्चालक सोम धितालसँग कुरा गर्दा भद्रगोल बन्द नहुने बताउँछन् । उनले भद्रगोलका कलाकार तथा निर्देशकले बन्द गर्छु भन्दैमा बन्द गर्न नसक्ने बताए । ‘अर्जुन जीले बन्द गर्छु भन्दैमा कसरी बन्द हुन्छ ? यहि उहाँले गर्नुहुन्न भने अन्य कलाकार राखेर भएपनि हामी (मिडिया हव)ले बनाउँछौं । ढुक्क हुनुस बन्द हुँदैन ।’, धितालले भने । ौ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




