काठमाडौं, ३ फागुन । चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत घाम जुन चाहिँदैन…को भिडियो दर्शकमाझ ल्याईएको छ । जसमा लिली बिलीका जोडी चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्ध देखाईएका छ । त्यसैले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा प्रदीप र जसिताले आफ्ना प्रिय दर्शकलाई प्रेमिल गीत घाम जुन…उपहार दिएको बताएका छन् ।

आगामी २२ चैतबाट सिनेमा हलमा रिलिज हुने यो लभ स्टेशनको घाम जुन चाहिँदैन…को भिडियो बुढा सुब्बा डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द संगीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ ।

यो गीतमा घाम जुन चाहिँदैन मायाँ भए पुग्छ…भन्दै अभिनेता प्रदीप र अभिनेत्री जसिताले आ आफ्नो प्रेमभाव प्रस्तुत गरेका छन् । छायाँकनको हिसावले गीतको भिडियो निकै सुन्दर बनेको छ । छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायाँकन गरिएको हो । यो लेकेशनमा दर्जनौं हलिउड मूभिहरु छायाँकन भईसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । गीतको माग अनुसार नै यो सुन्दर ठाउँमा छायाँकन गरिएको पनि शाहीले जानकारी गराए ।

यसै बिषयमा अभिनेता प्रदीप खड्काले आज भ्यालेन्टाईन डे र यो गीत पनि लभ सङ भएकाले दर्शकलाई प्रणय दिवसको अबसर पारेर रिलिज गरेको जानकारी गराए । रिलिजको लागि अब ५१ दिन बाँकी भएकाले पनि प्रचारको क्रम यही गीतबाट सुरुवात गरिएको पनि उनले प्रकाश पारे ।

यो पारिवारिकसँगै प्रेम कथासँगै ‘लस्ट एन्ड फाउन्ड’ स्टोरीमा आधारित रहेको अभिनेता प्रदीपले जानकारी गराए । अग्रज निर्देशक उज्ज्जल घिमिरेले बनाएको यो चलचित्र परिपक्क बनेको पनि उनले बताए,‘लिली बिलीबाट दर्शकले साह्रै मायाँ गर्नु भएको जसिता र मेरो जोडीलाई एक पटक पुन उहाँहरुले लभ स्टेशनबाट त्यो भन्दा सार्थक रुपमा पर्दामा यहाँहरुले देख्न पाउनु हुनेछ ।’

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




