टोकियो/जापान । सानै उमेरमा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका गायक समुन्द्र राज पौडेलले परदेशीहरुको पिडालाई समेटेर नयाँ गीत ‘जापानले नी धोको पुर्यायो’ बाजारमा लिएर आएका छन् ।गायक स्वयम केहि वर्षयतादेखि अध्यायन तथा रोजगारीको शीलसिलामा जापानमा रहँदै आएका छन् ।
परदेशीएका नेपालीहरुको यथार्थ मनोभावलाई उतार्न सफल गीत, सार्वजनिक भएको केहि दिनमै निकै रुचाईएको छ । गितमा राजेन्द्र सापकोटाको लय संकलन तथा समुन्द्र राज पौडेल र राजेन्द्र सापकोटाको स्वर, प्रविण खत्रि ठुले को शब्द रचना र रमेश क्षेत्रिको प्रस्तुती रहेको छ ।

गीतको भिडियोमा स्वयम गायक समुन्द्र राज पौडेलका साथै रमेश क्षेत्री ,शिवा केसी,कविता शर्मा लगाएतको अभिनय रहेको छ ।उक्त गीत समुन्द्र राज पौडेलको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गितको भिडियो हेर्नुहोस्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार