मुम्बइ। बलिउड अभिनेत्री सनी लियोनीले हालै एक अन्तरवार्तामा निकै गम्भीर खुलासा गरेकी छिन्। अन्तरवार्तामा उनले बलिउडमा आफूले भोगेका अनुभवहरु बाँडेकी छिन्।

आउँदै गरेको फिल्म पद्मावतीका विषयमा विवाद निकै बढेपछि सनीलाई यही बारेमा प्रश्न सोधिएको थियो। जवाफमा सनीले यस्ता धम्कीहरु आफूलाई दिनहुँ आउने गरेको खुलासा गरेकी छिन्। पद्मावती फिल्मका निर्देशक संजय लीला भंसाली र नायिक दिपिका पादुकोणलाई ज्यान मार्ने धम्की आएको विषयमा कुरा गर्दै सनीले आफूलाई दिनदिनै ज्यान मार्ने धम्की आउने गरेको खुलाएकी हुन्।

अन्तरवार्तामा उनले भनिन् ‘मैले मेरो पछिल्लो २ दिनका म्यासेज तपाइँलाई देखाएँ भने तपाइँ चकित पर्नुहुन्छ । मलाई दिनदिनै यस्ता धम्की आउँछन् । विगत ६ वर्षदेखि मैले यो सबै भोगिरहेकी छु । मलाई दिनदिनै विचित्रका धम्कीहरु आउँछन् । तर यो सबैले मलाई फरक पर्दैन । म खुसी छु र बलिउठमा काम गरिरहेकी छु ।’ सनीले यस्ता धम्की दिनेहरुलाई सुरुमा वास्तै नगर्न सुझाव दिइन् । तर धम्कीको सिलसिला अति नै बढी भयो र नियन्त्रणभन्दा बाहिर गयो भने प्रहरीमा उजुरी गर्न उनले सुझाव दिइन् ।

सनीले भनिन् ‘सबैभन्दा डरलाग्दो कुरा त के भने एक जना जो राजनीतिज्ञ वा धार्मिक संगठनको नेता हुन्छ उसले तपाइँलाई धम्की दिन्छ । तर उसले तपाइँलाई केही गर्दैन । उसको पछाडि घुम्ने कार्यकर्ता वा भक्तहरु गुण्डागर्दीमा उत्रिन्छन् । ती कार्यकर्ता वा भक्तहरुले तपाइँमाथि आक्रमण पनि गर्न सक्छन् तर धम्की दिने वा आक्रमण गर्छु भन्ने व्यक्तिले केही गर्दैन ।’ सनीका अनुसार पद्मावती फिल्मको विषयमा भने सेन्सर बोर्डले रिलिजको जिम्मेवारी लिनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार