टोकियो । प्रकृतीले विभिन्न मौसम अनि  सोहि अनुरूपता रंगहरु धारण गरेको हुन्छ । भलै हामी आफ्नो व्यस्थता र नदेखिएको र अनिश्चित भविष्यको खातिर भौतारिदै आफ्ना आँखा अगाडीका सुन्दर मनमोहक दृश्यपान गर्नबाट बञ्चित भईरहेका हुनसक्छौँ । त्यसो त मानिसको स्वभाव अनुसार मनोरञ्जन र खुसीका सरजामहरु फ़रक- फ़रक हुनसक्छ । यद्यपि प्राकृतिका रंगहरु मन नपर्ने मानिसहरु विरलै होलान् । र  म त्यो ग्रुपमा पर्दिन सायद र मन पर्छ यि मौसम/स्थान र समय अनुसारका रंगहरु र प्रकृतिका बान्किहरु ।आफ्नो नियमित दानिकी कै क्रममा, बिना योजना, कुनै उद्देश्य  विना हातमा बोकेको सेलफोनले गत एक महिनाको अवधिमा खिचेका केहि दृश्यहरु : सायद तपाईलाई पनि मन पर्न सक्छ । -राजन गौतम्

१.गगनचुम्वी महलको कुनाबाट आकाश नियाँल्दा/सिन्जुकु टोकियो

२.सायद त्यो भन्दा पर पनि कसैको घर होला ! / फुर्के खोला, धादिङ

३.किन चाहियो लेबलिङ र ग्रेडिङ नामै काफी छ- सुन्तला/मलेखु धादिङ

४.व्यवस्थित सहर/ईकेबुकुरो टोकियो

५.सुन्दरता/सानो भर्याङ काठमाडौँ

६.पुर्खाहरु,जो भगवान बने या भगवानका! / आशागया,टोकियो

७.सहरको क्षितिज /ईकेबुकुरो टोकियो

८.हेर्न जान्नु छ कि,सिकेको रुखमा जवानी हुन्छ कि हुन्न ? /आशागया,टोकियो

९.आहा ! सेता हिमफुलहरु/ टोकियो

१०.सामार्थ्यवानहरुनै पुज्य हुन्छन् / सिन्जुकु ,टोकियो

११. बुद्धका व्यापार / स्वयम्भु, काठमाडौँ

१२. आँटिला फूलहरु, – ३ डिग्रीमा हाँसिरहेछन् / टोकियो

१३. मेरे देशको समय,जो घण्टाघरमा झुण्डिरहेका छन् / जमल काठमाडौ

A2AC2791-BD47-41E3-BC0A-4ABCAB351DC0

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार