टोकियो ।  आउनुस् टोकियो मिनातोमा अवस्थित, यो मनमोहक पार्क (बगैँचा)”क्यु  शिबा रिक्यु गार्डेन, यानेकि (旧芝離宮恩賜庭園) क्यु शिबा ओन्शी तेईएन” घुम्न जाऔँ ।समय छैन ? या संगै जाने साथी छैनन् ? अथवा त्यहाँ सम्म जाने/ आउने जापानी येन बचाउन चाहनुहुन्छ ? पिर नमान्नुहोस् हामी घुमाउँदै छौँ तपाईलाई केवल तपाईकै संचार यन्त्रको आकर्षक स्कृनमा मात्र यो लिंकमा एक मायालु/ जिज्ञासु स्पर्श गरिदिनु भए पुग्छ । -राजन गौतम्

क्यु शिबा गार्डेन,एक सार्वजनिक बँगैचा हो,जहाँ मात्र १ सय ५० येनको टिकटमा घुम्न सक्नुहुनेछ । अझ जेष्ठ नागरिकहरुको हकमा (६५ वर्ष भन्दा माथी) लाई केवल ७० येन भए पुग्छ । यो बँगैचा एदो कालको शाही बँगैचा हो । यो टोकियोमा रहेका सुन्दर बँगैचाहरको अग्रपंक्तिमा रहेको छ ।

यो जापानको टोकियोमा रहेको पारिवारिक बगैँचा मध्येको एक उत्कृष्ट बगैँचा हो । जहाँ दैनिक सयौँ स्वदेशी तथा विदेशी पर्यटकहरु आनन्द लिन पुग्ने गर्दछन् ।

यस ठाऊँमा,सन १६७८ सम्म, ओकुवो  तादामोतो पारिवारिकता सामुराई शैलीका निवास रहेको थियो । जो ओकुवो वंशसंग सम्बन्धीत रहेको थियो  भनिन्छ । समय संगै सो निवासको स्वामित्वहरु परिवर्तन हुँदै गएको देखिन्छ । यो क्रममा,सन १८६० मा आईपुग्दा, तोकुगावा वंशको किशु  परिवारको स्वामित्वमा आईपुग्यो । त्यसै गरि सन १८७१ मा,आरिसुगावा नो मिया परिवार,१८७५ मा शाहि घरयासी सामान आपूर्ति गर्ने एजेन्सी किनेको इतिहास  देखिन्छ । त्यस पश्चात, सन १८९१ मा,शिबा ईम्पेरियल भिल्लाको नामाकरण संगै यूरोपियन शैलिका गेस्ट हाउसहरुको निर्माण भएको बताईन्छ ।

सन १९२३ सेप्टेम्बर १ को महाभुकम्पका कारण भएको आगलागीमा परि सबै  भौतिक निर्माणहरु ध्वस्त भए ।यो संगै सन १९२४ मा यो बगैँचालाई टोकियो नगरलाई हस्तान्तर गरियो ।

पुन निर्माण गरिएको यस बँगैचा सन १९२४ अप्रिल २० तारिखबाट सार्वजनिकरुपमा खुल्ला गरिएको हो । पछि सन १९७९ मा,सरकारले विशेष आधुनिक डिजायन सहित निर्माण गरेको हो ।

थप तस्बिरहरु:

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार