टोकियो । नेवा अन्तर्राष्ट्रिय फोरम जापानको आयोजनामा यही अप्रिल २९ मा दोस्रो पटक सामुहिक बेल विवाह (ईही) को आयोजना गरिने भएको छ । दुई वर्ष अगाडी सातजना बालिकाहरूको सामुहिक बेल विवाह सफलता पुर्वक आयोजना गरेको यस संस्थाले यसवर्ष पनि कार्यक्रमलार्इ निरन्तरता दिन लागेको हो ।

जापानमा नेवारहरूको जनसंख्या बढेसँगै नेवारहरूलाई संगठित गरी आफ्नो कला संस्कृति, रिति रिवाजलाई मनाउन कार्यक्रमको आयोजना गरिएको महासचिव शिव तण्डुकारले बताउनुभयो ।

सन २००३ सालमा स्थापना भएको नेवास् अन्तर्राष्ट्रिय फोरम जापानले विधिन्न स्थापना काल देखि नै विभिन्न कार्यक्रमहरू आयोजना गर्दै नेवारी कलासंस्कृति जापानमा मनाउने, आफ्ना सन्ततीलाई चिनाउने र जापानमा रहेका अन्य समुदयाको नेपालीहरू लगायत जापानीहरूलाई पनि परिचय दिँदै आएको छ ।

नेवारहरूको रितिरिवाज अन्तर्गत बालिकाहरूको बेल विवाह पनि एक महत्वपुर्ण रिवाज हो । उमेर पुगेका बालिकाहरूको बेलसँग विवाह गर्नुपर्ने भएकोले बिदेशमै रहेर पनि आफ्नो रिवाजलाई निरन्तरता दिने उदेश्यले बेल विवाहको आयोजना गरेको महासचिव शिव तण्डुकारले बताउनुभयो । साथै बेलविवाह गर्न उमेर पुगेका बालिकाहरूलाई यस कार्यक्रममा भाग लिन लगाउनहुन जापान निवासी नेवार परिवार माझ अनुरोध पनि गर्नुभयो

नेपालजापानडकमबाट


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार