टोकियो । बाग्लुङ समाज जापानले सांगितिक साँझ गर्ने भएको छ ।
असहाय बालबालिकाको शिक्षा र आश्रयको आर्थिक सहायताका लागि यहि अप्रिल २९ मा मेगुरो कुमिन सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नया बर्ष २०७५ सालको पावन अबसरमा बाग्लुङ समाज जापानले असहाय बाल,बालिकाको उच्च शिक्षा र आश्रय लिएर बसेका  बृद्धबृद्धाहरूका लागी आर्थिक सहायता गर्ने उद्धेश्यका साथ साङ्गितीक साँझको आयोजना गरिएको हो ।कार्यक्रममा,चर्चित प्रदेशी गायक सूर्य खड्का,जापानवासी नेपालीहरुमाझ अत्यन्तै प्रिय गायक रामकृष्णबम मल्ल,श्यमा सितल,साउथ एसियन स्टार टप फाईभ योगेस काजी,गायक दिपक परियार लगायतका कालाकारहरुको उत्कृष्ट प्रस्तुती रहनेछ ।

संस्थाले जापानवासी सम्पूर्ण नेपालीहरुलाई सांगितिक  साँझमा उपस्थित भई पवित्र  उदेश्यले आयोजना गरिएको यस कार्यक्रममा उत्साह बढाईदिनका  लागि अनुरोध पनि गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार