टोकियो ।विश्वमै पहिलोपटक जापानको एक कम्पनीले पिशावबाट क्यान्सर पत्ता लगाउने विधिको परिक्षण गर्ने भएको छ ।
सुचना प्रविधि तथा इन्जिनियरिङ कम्पनी हिताचीले दुइ वर्ष अघिनै पिशावको नमुनाबाट स्तन तथा आन्द्रको क्यान्सर पत्ता लगाउने आधारभुत प्रविधिको विकास गरेको थियो । सामान्य तापमानमा परिक्षणको प्रभावकारिता अध्ययन गर्नका लागि २५० जनाको पिशावको नमुना प्रयोग गर्न लागिएको हिताचीका प्रवक्ता चिहारु ओदाइराले एएफपीलाई बताए । उक्त विधि व्यावहारिक रुपमा प्रयोग भएमा क्यान्सर परिक्षण निकै सजिलो हुने र रगतको नमुना लिएर चिकित्सा संस्थामा जाने आवश्यकता नरहने उनले बताए । सुइदेखि डराउने बालबालिकाका लागि यो विधि निकै सहयोगी हुने समेत उनले बताएका छन् । यसै वर्ष सार्वजनिक गरिएको एक अध्ययन अनुसार नयाँ प्रकारको रगत परिक्षणले शरिरको अन्य भागमा फैलिनुअघिनै विभिन्न आठ प्रकारका ट्युमर पत्ता लगाउन सकिने प्रविधिको परिक्षण भइसकेको छ ।
अहिलेको विधिअनुसार स्तन क्यान्सर पत्ता लगाउन म्यामोग्राम र त्यसपछि बायोप्सी परिक्षण गरिन्छ भने आन्द्राको क्यान्सरका लागि दिशाको परिक्षण र कोलोनोस्की परिक्षण गर्ने गरिन्छ । हिताचीको नयाँ प्रविधिले पिशावमा रहेका विभिन्न वस्तुहरुको परिक्षण गर्दछ जसलाई बायोमार्कर नाम दिइएको छ र उक्त वस्तुहरुबाट रोगको पहिचान गर्न सकिने कम्पनीले बताएको छ । अधिकारीहरुको स्वीकृति लगायत अन्य चुनौतिहरु रहेपनि २०२० सम्ममा यस प्रविधिलाई प्रयोगमा ल्याउने कम्पनीको लक्ष्य रहेको ओदाइराले बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




