हामी सहजै अनुमान गर्न सक्छौँ कि, संसारभर जनावर मन पराउने मानिसहरुको बाहुल्यता छ । र त, जनावर पनि जंगली र घरपालुवा गरी वर्गिकृत हुन पुगे । विभिन्न प्रकारका जनावर र तिनीहरुको आवाज बारे हामीलाई नेपाली वा इंग्लिसमा त जानकारी छ । तर जापानमा रहनुहुने/जापानी भाषा पढ्दै गर्नुहुने वा जापान बारे चासो राख्ने तपाईलाई जापानी भाषामा विभिन्न जनावरको आवाजलाई कसरी अनुकरण गरिन्छ थाह छ त ? सायद धेरैलाई थाह नहुनसक्छ । या पढेर पनि भुलिसक्नु भएको हुन सक्छ । आउनुस् आज हाम्रा एकदमै परिचित केहि जनावरहरुको आवाजलाई जापानी भाषामा कसरी अनुकरण गरिन्छ, जानकारी लिउँ । यस सामग्रीमा केवल अंग्रेजी र जापानी भाषामा मात्र उल्लेख गरिएको छ । कारण नेपाली भाषामा त हामी स्थान/ समुदाय र क्षेत्रगत भाषाभाषिकाहरुमा आ-आफ्नै तरिकाले बुझिहाल्छौँ नै ।

कुकुर (犬 :- ईनु )
English: Woof Woof
जापानी भाषा:वाङ् वाङ् ( ワン ワン)

बिरालो (猫:- नेको)
English: Meow
जापानी भाषा : न्याओ (二ャオ) कसै कसैले न्यान्या अथवा न्या मात्रै भन्ने गरेको पनि पाईन्छ ।

कुखुरा (鶏 :- निवातोरी)
English: Cock – a -doodle -do
जापानी भाषा : कोकेकोक्को (コケコッコ—)

सँगुर/बँगुर (豚 :- बुता)
English : Snort Snort
जापानी भाषा : बुबु (ブ—ブ—)

भेडा (羊 :- हिचुजी)
English: Baaa
जापानी भाषा : मीए (メェー)

गाई/गोरु(牛: उसी)
English: Moo
Japanese : मोऽऽ (モー)

बाघ/ सिँह ( とら/ライオン :- तोरा/राईओन)
English: Roar
जापानी भाषा : गाओऽ (ガオー)

प्रस्तुती : राजन गौतम्

सामग्री स्रोत : (जापानी भाषाको अध्यायन/विविध पुस्तक/ अनलाईन सामग्री र जापानीहरुको संगको कुराकानी)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार