टोकियो । बाग्लुङ समाज जापान को आयोजनामा नेपालबाट अन्तराष्ट्रीय तेक्वान्डो खेलमा सहभागी हुन आएका खेलाडीहरू लाई सम्मान तथा बिदाई कार्यक्रम गरिएको छ।

मंगलबार टोकियोमा गरिएको उक्त कार्यक्रममा,  समाज का अध्यक्ष सिद्धार्थ श्रेष्ठको सभापतित्व तथा प्रवासी नेपाली मंचका कार्यबहाक अध्यक्ष बाबुराम भन्डारीको प्रमुख आतिथ्यताका साथ,  एन आर एन जापानका प्रबक्ता पर्शु बस्नेत, अन्तराष्ट्रीय नेपाली समाज जापान का अध्यक्ष एवं चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारी , कानागावा कम्यूनिटी का अध्यक्ष हरि सापकोटा रूपन्देही समाजका अध्यक्ष पशुपती गिरी, बाग्लुङ समाजका सल्लाहकार दिपेन्द्र केसी दोलखा समाज जापानका उपाध्यक्ष गिर बहादुर तामाङ ,आपचौर समाज जापानका अध्यक्ष महेन्द्र अधिकारी , र नेप्लिज तेक्वान्डो एकेडमी का अध्यक्ष अशोक खड्का लगायतका विशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले आफ्ना  मनतब्य पनि राखेका थिए ।  त्यस्तै स्वर्ण पदक बिजेता बिबेक श्रेष्ठ र कास्य पदक बिजेताहरू अशोक खड्का, सिद्धार्थ प्रधान, चन्दु शाही,तारजन कायत, युकेस थापा मगर र प्रशिक्षक परशु बोहोरालाई नगद ५०  हजार येन सहित सम्मान गरिएको थियो। कार्यक्रम राजु कंसीले सञ्चालन गरेका थिए ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार