टोकियो । जापानको टोकियोमा मे २७ तारिख आईतबार सुचना प्रविधि विज्ञ एवं अनुसन्धानविद् डा. महावीर पुनसँग विशेष अन्तर्कृया सँगै च्यारिटी डिनर आयोजना गरिने भएको छ ।
नेपालको ग्रामिण क्षेत्रमा ईन्टरनेटको विस्तार र दुर्गम क्षेत्रमा प्रविधिको माध्यमबाट विकास एवं स्थानिय मानिसहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरी दक्षिण एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे लगायत अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित सुचना प्रविधि विज्ञ एवं अनुसन्धानविद् डा. महावीर पुन अन्तर्राष्ट्रिय दुरसंचार युनियन (आईटियु)को स्थापना दिवसको अवसरमा अतिथिकोरुपमा जापान आउने कार्यक्रम रहेको छ । पुन जापान आएको अवसरमा गैरआवासीय नेपाली संघ जापानले उक्त च्यारिटी डिनर आयोजना गर्ने भएको हो ।
आयोजक गैरआवासीय नेपाली संघ जापानका प्रवक्ता पर्शु बस्नेतद्वारा प्राप्त जानकारी अनुसार, टोकियोको सिनओकुबोस्थित टोकियो रोधी क्लबमा आउँदो २७ तारिख अपरान्ह ४ बजे अन्तर्कृया तथा च्यारेटी डिनर कार्यक्रमको आयोजना गरिने छ । आयोजकले, सो गरिमामय कार्यक्रममा सहभागी भई, मुलुकका खातिर आफ्नो,तन/मन/धन र ज्ञान सबै खर्चिएर आम नेपालीहरुको जीवनस्तरमा सुचना प्रविधिको उपयोगबाट आमुल परिवर्तन गराउने महान लक्षमा कटिवद्ध व्यक्तित्वको सम्मान एवं हौसला बढाउनका लागि जापानबासी सम्पूर्ण नेपालीहरुमा आग्रह पनि गरेको छ ।
कार्यक्रमको थप बिवरण
मिति: मे २७ तारिख,आईतबार
समय: अपरान्ह ४ बजे
स्थान : टोकियो रोधी क्लव, सिनओकुबो, टोकियो
शुल्क : ५ हजार येन प्रतिव्यक्ती(च्यारिटी डिनरबाट प्राप्त हुने बचत रकम, पुनको राष्ट्रीय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिनेछ )
सम्पर्क : टासी वांग्दी लामा-०८० ३१७८ २७८२,जनक बिक्रम शाही- ०९० ५७८५ ६३०२ र ओम गुरुङ् – ०९० ७२३९ ९७७७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




