टोकियो । जुलाई ३ तारिख टोकियोको आसागयामा नेपाली विद्यार्थी लक्षित वृहत रोजगार सेमिनार आयोजना हुनेभएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए )जापानले जापानमा आई अध्यायन सक्काएर कामको खोजीमा रहेका नेपाली बिध्यार्थीहरुलाई लक्षित् गर्दै “जब हण्टिङ्ग सेमिनार फर स्टुडेन्ट”(Job Hunting Seminar For Student) को आयोजना गर्न लागेको हो । जापानमा आई यहाँको प्राधिक विद्यालय तथा विश्वविद्यालय को पढ़ाई पुरा गरेर जागिरको खोजिमा रहेका एवं आगामी बर्ष पढ़ाई पुरा हुने विद्यार्थीहरुलाई सहयोग पुर्याउने उद्देश्यले सेमिनारको गर्न लागिएको बताईएको छ ।
जापानमा नेपाली विद्यार्थीहरुको सँख्यामा भएको वृद्दीसंगै,रोजगारसँग सम्बन्धित समस्यापनि वृद्दी भईरहेको अवस्थामा यो सेमिनारले कलेज सक्किएता पनि कामका लागि उपयुक्त कम्पनी भेट्टाउन नसकेका विद्यार्थीहरुलाई कामको खोजीका लागि राहत दिने आयोजकको दाबी छ । जापानमा अधिकाँस नेपाली विद्यार्थीहरुलाई अध्यायन सक्काएर पनि चाहेजस्तो काम पाउन मुस्किल हुने गर्दछ । र यस किसिमको समस्या हरेक वर्ष ज्यामितीय अनुपातमा वृद्दी भईरहेको छ । त्यसो त जापानमा कामको अवसर नभएर यस्तो परिस्थिति सिर्जना भएको भने होईन ।यसो हुनुमा नेपाली विद्यार्थीहरुको जसरी नी धेरै भन्दा धेरै पैसा कमाँउनु पर्ने वाध्यता र उच्च महत्वकांक्षा अनि अध्यायनलाई गौण ठानने प्रवृति मुख्य कारक हुन् ।
यिनै जागिरसँग सम्बन्धित समस्याहरुलाई सम्बोधन गर्ने लक्ष सहित एनआरएनए जापानले, आईएचएनओ (International Human Resource Network Organisation -IHNO) नामक एक प्रतिष्ठित जापानी कम्पनीसंगको सहकार्यमा यो सेमिनारको आयोजना गर्न लागेको एनआरएनए प्रवक्ता पर्शु बस्नेतले बताए । बस्नेतका अनुसार विभिन्न प्रकृतिका धेरै कम्पनीहरुको सहभागितामा सेमिनार गरिने भएकाले त्यहि सेमिनारबाटनै धेरै विद्यार्थीहरुले जागिर पाउने सम्भावना रहेको छ । त्यसैले सेमिनारमा सहभागि हुन चाहने विद्यार्थीहरुलाई बायोडाटा (रिरेकिस्यो) लिएर जानका लागि पनि अनुरोध गरिएको छ ।
ईच्छुक विद्यार्थीहरुले सहभागिताका लागि अनलाईनबाटनै नाम दर्ता गराउन पनि सक्नेछन् ।
अनलाईन फर्म भर्न चाहनुहुने विद्यार्थीहरुले यहाँ क्लिक गर्नुहोला
कार्यक्रमबारे विस्तृत जानकारी
स्थान: 阿佐ヶ谷区立産業商工 館 3ー2ー19 南阿佐ヶ谷
समय : दिउँसो १३:०० बजेदेखि साँझ १८:०० बजेसम्म
थप जानकारीका लागि
080 5672 4647
080 5458 1718
080 5056 6143
090 4459 8559
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




