टोकियो । ‘कलाकार कल्याणकारी अक्षयकोष नेपाल’ को सहयोगार्थ टोकियोमा ‘गायक तथा संगीतकार रामकृष्ण बम मल्ल एकल साँझ २०१८‘ आयोजना गरिनेभएको छ ।
कलाकारहरुका लागि भैपरी आउने आकस्मिक बिपत्तिमा सहयोग गर्न वि. सं. २०६२ सालमा नेपाल सरकार वा कुनै दातृ निकायको सहयोग विना नै विशुद्ध कलाकारहरु र कलाप्रेमीहरुद्वारा स्थापित ’कलाकार कल्याणकारी अक्षय कोष नेपाल’ को लाई सहयोग गर्न संकलित उक्त अक्षय कोष हालसम्म ७० लाख रुपैंयाँ जम्मा भईसकेको र यसवर्षलाई कोष अभिवृद्धि वर्षको रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी १ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिईए अनुरुप उक्त कोषको सहयोगार्थ जापानमा ’रामकृष्णबम मल्ल प्रथम एकल सांगीतिक साँझ’ गरिने भएको हो ।
गीत संगीतको कुनै भाषा, भूगोल र सीमा रेखा हुदैन । यसमा अदम्य शक्ति छ भन्ने कुरालाई पुष्टि गर्दै,नेपाली कला, सँस्कृति, गीत, संगीतको माध्यमबाट जापानमा नेपालको चिनारी बढाउने र दुई देश बिचको साँस्कृतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने सेतुको रुपमा क्रियाशील छन् गायक तथा संगीतकार रामकृष्ण बम मल्ल। उनि, नेपाल र जापान बिच रहीआएको असल सम्बन्धलाई गीतसंगीतको माध्यमबाट जनस्तरसम्म पुर्याउने र जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गरी देशको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ परदेशको व्यस्थतामा पनि गीतसंगीतमै निरन्तर साधनारत छन् ।
यस कार्यक्रममा उनले,मल्ल आफुले सृजना गरेका संगीत भरेका र स्वरबद्द गरेका बिभिन्न चर्चित राष्ट्रिय, आधुनिक तथा लोकगीत,सालै जो ठाडो भाका,यानीमाया लगायतका मौलिक गीतहरू प्रस्तुत गर्ने छन । त्यसका साथै उनले विगत दुई दशकदेखिको साँगीतिक यात्रा र जापान बसाईको क्रममा सिकेका, भोगेका र संगालेका यस क्षेत्रका अनुभवहरुलाई नितान्त पृथक एवं नयाँ शैली र उच्च प्रविधिको प्रयोगका साथ प्रस्तुत गर्नेछन् । एउटै रंगमञ्चमा नेपाली तथा जापानी वाद्यवादकहरुको संयोजनमा संयुक्त लाइभ गरिने कार्यक्रममा, नेपाली बाधबादनतर्फ तबला र मादलमा ऋषि पौडेल , सारङगीमा मन थापा ,बाँसुरीमा खडक पुन, ढोलक ,तबला र मादलमा उत्तम बि क, तथा अक्टोप्याडमा भरत सुनार रहनेछन् । त्यसैगरि जापानी बाद्यबादनमा, गीतार लिड मा सिगेयुकि कोनिता,बेस गीतारमा तारो ईरे, कीबोर्ड मा मासामी ईसियामा तथा प्रकसनमा बुन्ता ताके मुरा रहने छन् । हारमोनियममा भने, स्वयम् गायक रामकृष्ण बम मल्ल रहने जनाईएको छ ।
कार्यक्रममा, अतिथी कलाकारको रूपमा जापानी गायिकाहरू आओई सानो र ईरी कावामुराको प्रस्तुति रहनेछ ।भने गायिका सोना के सी र सिता पुनले गायक मल्ल लाई साथ दिनेछन्। दिपवेले प्रमुख प्रायोजन गरेको सो कार्यक्रमको , मुल आयोजक समितीका संयोजकमा डि पी कँडेल रहेका छन् भने,सहआयोजकको रूपमा बागलुङ समाज जापान, गल्कोट स्पोर्ट कल्ब जापान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखा, अन्तर्राष्ट्रीय साहित्य समाज जापान साखा र दर्शन समाज जापान रहेको छ । संयोजक डि पी कँडेलले जापानमा पहिलो पटक फरक शैलीका साथ आयोजना गर्न लागिएको रामकृष्ण बम मल्ल एकल साँझमा बिभिन्न क्षेत्रबाट सहयोग पुर्याईदिन र कार्यक्रममा उपस्थित भई सफल पारी दिनु हुनका लागी जापानबासी सम्पूर्ण नेपाली समुदायमा अनुरोध समेत गरेका छन् ।
कार्यक्रम बारे थप जानकारी
मिती २०१८-१०- २ तारिक मंगलबार ,
समय साझ ४: ३० बजे
स्थान : मेगुरो कुमिन सेन्टर ,
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




