टोकियो। जापानमा पहिलो पटक नमस्ते सुईङ् क्लब (Namaste Sewing Club) को आयोजनामा फेसन रनवे १०१८ (Fashion Runway 2018) नामक फेसन शो हुने भएको छ ।
अगस्ट ५ तारिख,टोकियोको सेतागया क्याम्पसमा दिँउसो २ बजेदेखि सुरु हुने फेसन रनवेमा नेपाली फेसन डिजायनर प्रेम स्याङ्बोको डिजायनमा जापानमा रहेका नेपाली मोडलहरु र्यम्पमा उत्रनेछन् ।

नेपालबाट जापानमा अध्यायनका लागि आउने धेरै विद्यार्थीहरुको हुलमा सन २०१२ मा जापान आई, यहीँ फेसन डिजाईनिंगको अध्यायन गरी आफ्नो क्षमता र कलालाई फेसनमा उतार्दै, अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउँदै गरेका फेसन डिजायनर प्रेम स्याङ्बोले देखेका सपनाको मुर्तरुप हो, Namaste Sewing Club को यो प्रथम फेसन शो ले फेसन डिजायनको क्षेत्रमा नेपाली प्रतिभाको पहिचान गराउने आशा गरिएको छ ।
आईतबार, टोकियोको सिनओकुबोमा आयोजित,सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा, स्याङ्बोले भने – ‘नेपाल रहँदादेखि नै फेसनप्रति रुची र लगाव थियो, जापानमा एकेडेमिक अध्यायन गरेपछि थप नजिकबाट बुझ्ने अवसर पाएँ ।’ अध्यायन पश्चात फेसन डिजायनरकै रुपमा जापानी कम्पनीमा जागिरे जीवन बिताएका प्रेम अव नेपाली मन,औपचारिक अध्यायन र व्यवहारिक ज्ञान लिएर, नेपाली र जापानी समुदायमा आफ्नै पहिचान प्रस्तुत गर्ने जमर्को गर्दैछन् ।
‘Fashion Runway 2018’ यस ईभेन्टमा प्रेमले एसियन कलर कम्बिनेसनमा गरेका डिजायनहरु प्रस्तुत गरिने छन् । प्रेम जापानमा व्यवसायीक फेसन डिजायनिङ्को क्षेत्रमा कृयाशील पहिलो नेपाली पनि हुन् । उनको डिजायनमा अन्तर्राष्ट्रिय अध्यायनबाट आर्जित ज्ञान र एशियन संस्कृती, रुची र भेषभुशा र नेपाली पनको समिश्रणका रंगहरु भेटिन्छन् ।
फेसन केबल बाहिरी आवरण सजावटको साधन मात्र होईन् यो त मानिसको ह्याप्पीनेस सँग जोडिएको हुन्छ । फेसनले दिने खुसी अरु चिजले दिन सक्दैन ।फेसनले मानिसमा आत्मविश्वास बढाउँछ ।तर हाम्रो समाजमा फेसन केबल बुटिकमा सिमित भएको पाईन्छ । बुटिक त फेसनको एउटा पाटो मात्र हो । Namaste Sewing Club ले जापानमा पहिलो पटक फेसन र फेसन संग जोडिएका सम्पूर्ण पाटोहरु समेटेर केहि फरक गर्ने कोशिस गरेको बताईएको छ ।
कार्यक्रम सम्बन्धि थप जानकारी
मिति: 2018 अगस्ट 5 तारिख, आईतबार
स्थान : सेतागया क्याम्पस, टोकियो
समय : दिउँसो 2:00 बजेदेखि साँझ 5:00 बजे सम्म
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




