टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानले २४ औँ विश्व आदिवासी दिवसविशेष कार्यक्रम आयोजना गरेर मनाउने भएको छ ।
नेफ़िन जापानले विश्व आदिवासी दिवस समारोह २०१८ शिन ओकुवोको रोयल गार्डेन रेष्टुरेण्टको सभा हलमा विशेष कार्यक्रम गरि मनाउन लागेको संस्थाका अध्यक्ष टेक बहादुर (सुमनु )लिम्वुले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आबद्द ११ संस्थाहरू तमु धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई योयाख्खा जापान ,मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा २४ औँ विश्व आदिवासी दिवस समारोह २०१८ कार्यक्रम तयारी तिव्र रुपमा भैरहेको कार्यक्रम संयोजक कर्मा वांगेल लमाले बताउनु भयो ।
विश्व आदिवासी दिवस अगष्ट ९ मा परे पनि विश्व भरिका आदिवासीहरुले अगष्ट महिनाभरि विभिन्न कार्यक्रम गरि मनाउने गर्छन । यस वर्ष जापानमा भने अगष्ट १२ मा औपचारिक कार्यक्रमसहित विभिन्न आदिवासी जनजातिको झाँकी,बिविध राष्ट्रीय जातीय मौलिक सांस्कृतिक नृन्त्य तथा साङ्गितिक प्रस्तुतिका साथ २४ औ बिश्व आदिवासी दिवस मनाउन गईरहेको नेफिन जापानले जनाएको छ ।
उक्त कार्यक्रमको दिन जापानवासी नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि जनजाति महासंघ जापानले हार्दिक निमन्त्रणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




