टोकियो  । जापानको व्यस्थतामा  पनि नेपाली गित संगितलाई निरन्तर माया र साथ दिइरहेका  लोकप्रिय गायक प्रेम सापकोटा सोनु र पछिल्लो समयकै निकै चर्चित गायिका सिता श्रेष्ठको आवाजमा  रहेको तिज गित “बच्चाको साथी” यतिखेर संगित बजारमा सर्वाधिक रुचाईएको गीत बन्न सफल भएको  छ ।
निकै  मिठो अनि मौलिक रहेकाले पनि धेरैले रुचाएको देखिएको छ ।   शरु शर्मा कडेलको प्रस्तुति रहेको तीज गीत “बच्चाको साथि“मा गायिका सिता श्रेष्ठ र प्रेम सापकोटा सोनुको आवाज रहेको छ भने गितको शब्द संगीत पनि गायक स्वयम प्रेम सापकोटा सोनुको नै रहेको छ ।
गितको सम्पुर्ण पक्ष राम्रो छ भने गितलाई स्मृति तिमिल्सिनाले म्युजिक भिडियो निर्देशन गरेकी छन भने स्मृति तिमिल्सिना र युवा पुस्ताका चर्चित युवा मोडल जेम्स बिसिको अभिनय रहेको छ ।
गीतको सम्पादन प्रकाश धमलाले गरेका हुन भने दुर्गा पौडेल,शुरेस श्रेष्ठ र संगम प्रकाश कडेलले छायांकन गरेका हुन्  । म्युजिक भिडियोको दृश्य निर्माण भने गुरुआमा फिल्मस प्रा.लिले गरेको छ । यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने आरति मिडिया प्रा।लिले गरेको छ ।
https://youtu.be/52FlOYNRPFA
नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार