टोकियो । धादिङ समाज जापानको तेस्रो अधिबेशन आउँदो डिसेम्बर २९ तारिख , गरिने भएको छ।
सोमबार, टोकियो सिनओकुबो स्थित नेवा: डाईनिंगमा सम्पन्न कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकले समाजका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा ८ सदस्यीय अधिबेशन आयोजक कमिटी गठन गरेको समाजका महासचिब दिनेश लोहनीले जानकारी गराउनुभयो।
समाजका अध्यक्ष, कृष्ण प्रसाद खनालका अनुसार, समाज, धादिङ् जिल्लाका विभिन्न स्थानबाट आई, विविध पेशा व्यवसायमा संलग्न धादिङेलीहरुमा प्रवासमा भईपरि आउने समस्याहरुमा सहजिकरण गर्दै, धादिङ्को भौतिक तथा शैक्षिक विकासको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ कृयाशील रहेको र आगमी दिनमा अझ शसक्त र प्रभावकारी ढंगले अगाडि बढाउने योजना रहेको छ ।
जापानमा रहेका समग्र धादिङेलीहरुको हकहित र समस्याहरुको सम्बोधन गर्नका लागि खोलिएको संस्था भएकाले, उल्लेख्य सहभागिता जनाई अधिवेशनलाई भव्य बनाउनका लागि महाचिव लोहनीले , सम्पुर्ण जापानबासी धादिङेलीहरुलाई समय छुट्याउनको लागि आग्रह पनि गर्नुभएको छ ।
साथै बैठकले, हालसालै निधन हुनु भएका एनआरएनए अन्तराष्ट्रिय समन्यपरिदका अध्यक्ष भबन भट्टका पिता तथा पूर्व बाणिज्य राज्यमन्त्री यदुप्रसाद भट्टको निधनमा गहिरो दु:ख प्रकट गर्दै सोक सन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गरेको छ।
अधिवेशनबारे विस्तृत बिवरण
मिति :२०१८/१२/२९ शनिबार
समय:दिउँसो २ बजेदेखि ५ बजेसम्म
स्थान:सोलमारी मुरा हल, सिनओकुबो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




