टोकियो । नेपालमा अत्याधिक रुचाईएको नेपाली चलचित्र ‘छक्का पञ्जा ३ ‘जापानको विभिन्न १५ भन्दा बढ़ी स्थानहरुमा प्रदर्शन गर्ने क्रममा, यहि डिसेम्वर १३ मा टोकियो नजिकै रहेको चिबाकेनमा  भव्यरुपमा प्रदर्शन भयो ।

नेपालीहरुको बाक्लो वसोवास रहेको चिबाकेनमा रहेका चलचित्र प्रेमिहरुको लागि चिबाको फुनावासी स्थित फुनावासी किंरो सिमिन सेन्टरको हलमा प्रदर्शन गरिएको चलचित्र हेर्नका लागि सो स्थानमा वसोबास गर्ने नेपालीहरुको भव्य उपस्थिती रहेको थियो ।

दिपकराज गिरी र दिपाश्री निरौलाको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसायिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अस्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।

जापान प्रदर्शनको राईट्स लिएको सूर्य कर्पोरेशनसंगको सहकार्यमा टुकि ईन्टरटेन्टमेन्ट र ईन्टुमिन्टु च्यानलको संयोजनमा चिबामा प्रदर्शन गरिएको थियो । हाँस्यकलाकार तथा चिबा प्रदर्शनको संचार संयोजक कुमार श्रेष्ठका अनुसार छक्का पञ्जा ३ को चिबा सो भव्य रह्यो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार