टोकियो । गरिव तथा घरबार बिहिन वेसाहारा वालवालिकाहरुको सहयोगार्थ जापानको गुन्मा केनमा “म्यूज़िकल च्यारिटी प्रोग्राम २०१९” आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाली चलचित्रका महानायक राजेश हमाल पनि जापान आउने भएका छन् ।
नेपाली साझा समाज जापान र सेभ द चिल्ड्रेन सेभ द नेसन को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम आउदो जनवरी ५ तारिख शनिवार गुन्मा केन स्थित ओईजुमी माचीमा हुने भएको छ । कार्यक्रममा महानायक हमाल सगै चर्चित गायक हेमन्त शर्मा तथा चर्चित गायीका प्रिती आले पनि आउदैछिन् भने स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने समाजका अध्यक्ष बुद्दी शेरचनले जानकारी दिनुभएको छ । गुन्मा केन तथा आसपासमा रहनुहुने जो सुकै पनि कार्यक्रममा सहभागी हुन चाहानुहुन्छ भने निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने आयोजक संस्थावाट जानकारी आएको छ
बुद्दी शेरचन : 9015341997
मन्जु क्षेत्री : 8025771420
निरज गुरुगं : 9091492615
रमेश अधिकारी : 9067195375
समाचार : बिश्वबन्धु भण्डारीको संयोजनमा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




