टोकियो ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) जापानले आफ्नो ४९औँ साहित्यिक शृंखला जनवरी १३ तारिक तारिक टोकियोको शिनओकुबो स्थित नेपाली मुराहलमा सम्पन्न गरेको छ । उक्त अवसरमा जापान च्याप्टरका पूर्व अध्यक्ष स्व. वेदप्रसाद पौडेलको स्मृतीमा तस्बिरमा पुष्प अर्पण गरी शोक तथा श्रद्दान्जली सभा गरिएको थियो । कार्यक्रममा स्व.वेदप्रसाद पौडेलको जापान बसाइ र साहित्यिक योगदानको बारेमा चर्चा गरीनुको साथै वहाँको सम्झनामा एक मिनेट मौन धारण गरीएको थियो ।
संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख अाथित्यता रहेको कार्यक्रममा अमेरिकाबाट पाल्नुभएको अनेसास बोर्ड अफ ट्रस्टि ( BOT ) का नवनिर्वाचित कोषाध्यक्ष राम लामा ‘अविनाशी’ को बिशिस्ट आतिथ्यता रहेको थियो । साथै केन्द्रीय वरिस्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ सन्स्थापक शरदकुमार गौचन, अग्रज जिज्ञानकुमार थापा, पूर्ब अध्यक्ष द्वय बेलुक़ाज़ी थापा, आलोक चालिसे, पत्रकार महासघ जापानका अध्यक्ष मोहन घले, सल्लाहकार पुस्करजंग थापा , पत्रकार प्रेमिला गौचन, रामजङ्ग कार्की, राज कुमार पन्डित्, यमकान्त कन्डेल लगायतको आथित्यता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष दीप पाठकको सभापतित्त्वमा सम्पन्न भएको थियो ।
बोर्ड अफ ट्रस्टिका नवनिर्वाचित कोषाध्यक्ष राम लामा ‘अविनाशी’ लाई अनेसास जापानको तर्फबाट अध्यक्ष दीप पाठकले खादा ओढाएर स्वागत तथा सम्मान गर्नुभएकोथियो साथै डा. कुमार बस्नेतलाई केन्दिय पुरस्कार समिति सदस्यमा चयनहुनु हुनुभएकोमा खादा ओढाएर बधाई ज्ञापन गरिएकोथियो ।
स्व. वेदप्रसाद पौडेलको स्मृतिमा ५०,००० यन राशिको ‘वेदप्रसाद नव युवा साहित्य पुरस्कार’ को स्थापना गरिएको घोषणा संस्थापक अध्यक्ष कुमार बस्नेतले गर्नु भयो । यो पुरस्कार जापान भित्र रहेर साहित्य लेखन र सिर्जनामा योगदान पुर्याउने युवा पुस्तालाई हरेक वर्ष दिइन्छ ।
श्रद्दान्जली तथा शोक सभा पश्चात कार्यक्रमको दोस्रो सत्रमा कवि गोस्ठीको आयोजना गरिएको थियो । कवि गोस्ठीमा हेमन्त गिरी, आनन्द अधिकारी, गिरिजा ग़ैरे ,सबिना रेग्मी,दीपा घिमिरे, गंगा गगन, राजु लक्षित, शेखर बिकल्प, रबिन शर्मा, प्रकाश पौडेल ‘माइला’, आलोक चालिसे, राम लामा अबिनाशी बेलुकाजी थापा, दिप पाठक, अरुण पौडेल, सुमित गिरी प्रकृति फुँयाल लगाएतका श्रस्टाहरुको साहित्यिक सिर्जनाले कार्यक्रम सुन्दर बनेको थियो । कार्यक्रममा सचिव रबिन शर्माको स्वागत मन्तव्य रहेको थियो भने महासचिब अरुण पौडेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
(सो कार्यक्रममा, हेमन्त गिरीले खिच्नुभएका तस्बिरहरु)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




