टोकियो । बिगत बर्ष झैं यस बर्ष पनि नेपाकेन र रिस्स्यो बिश्वबिद्यालयको संयुक्त आयोजनामा जापानी भाषा बक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
टोक्यो स्थित यामानोते लाइनको ओसाकि स्टेशन नजिक रहेको रिस्स्यो बिश्वबिद्यालयको सभाहलमा हुने यस प्रतियोगितामा,प्रथम पुरस्कार ५० हजार येन,दोस्रो ३० हजार येन र तेस्रो २० हजार येन रहनेछ भने दर्शकको रोजाइमा पर्ने अडियन्स पुरस्कार १० हजार येन रहने आयोजक संस्थाले जानकारी गराएको छ ।

नेपाली राजदुताबास,एन आर एन जापान लगायत् बिभिन्न संस्था तथा ब्यक्तित्वहरुको सहयोग रहने यस प्रतियोगितामा सहभागी हुन इच्छुक बिद्यार्थीहरूले यही फेब्रुअरी२८तारीख सम्ममा स्पीच सहित तलको लिंक बाट अनलाइन फारम भरेर पठाउनु हुन आयोजक कमिटीले अनुरोध गरेको छ। साथै दर्शकको रुपमा अबलोकन गर्न, र भोलेन्टियरको  रुपमा सहयोग गर्न इच्छुक महानुभाबहरूले पनि तलको लिंक बाट छुट्टाछुट्टै अनलाइन फारम भरेर पठाउन सक्नुहुनेछ। प्रतियोगितामा सहभागिता अथवा भोलेन्टियर गर्न चाहनुहुनेहरुले यहाँ क्लिक गर्नुहोला।

कार्यक्रम हुने मिति,समय,स्थान

■ मिति : २०१८/०३/१७ आइतबार
■ समय : १३:०० देखी १६:०० सम्म
■ स्थान : रिस्स्यो दाइगाकु सिनागावा क्याम्पस १४१-८६०२ टोक्यो तो सिनागावा कु ओसाकी ४ – २- १६  ९ गोउकान चिखा २खाई

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार